Wednesday 2nd September 2026

कुवेतमा सम्पर्कविहीन नेपाली श्रमिकको खोजीका लागि परिवारको अपिल


वैदेशिक रोजगारीका लागि सन् २०२२ मा कुवेत पुगेका दुर्गा बहादुर खड्का लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि परिवारले सरोकारवाला निकाय तथा नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ।
उदयपूर घर भइ काठमाडाैं बस्दै अाएका खड्का कुवेत पुगेको पहिलो हप्तामै आफू कार्यरत कम्पनीबाट बाहिरिएका थिए। त्यसपछि उनी काममा नगएपछि सम्बन्धित कम्पनीले उनीविरुद्ध एब्स्कन्डिङ (Absconding) केस दर्ता गरेको बताइएको छ।
कुवेत स्थित नेपाली दूतावासले कुवेत सरकारसँग अद्यावधिक विवरण बुझ्दा खड्का कुवेतबाट बाहिरिएको कुनै अभिलेख नदेखिएको जनाएको छ। यद्यपि, सन् २०२२ यता उनको अवस्था, बसोबास तथा गतिविधिबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
लामो समयदेखि परिवारसँग सम्पर्कविहीन रहेका खड्काको खोजी तथा अवस्थाबारे जानकारी जुटाउन परिवारले कुवेतस्थित नेपाली समुदाय, सामाजिक अभियन्ता, नेपाली दूतावास तथा सम्बन्धित निकायहरूसँग सहयोगको आग्रह गरेको छ।
उनीबारे कुनै जानकारी प्राप्त भएमा परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरिएको छ। परिवारका अनुसार खड्कासँग अन्तिम पटक सम्पर्क भएको लामो समय बितिसकेको छ र त्यसयता उनको अवस्थाबारे कुनै विश्वसनीय सूचना प्राप्त भएको छैन।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...