कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
राजदूतावासले जारी गरेको सूचनाअनुसार शिविर १८ सेप्टेम्बर २०२६, शुक्रबार का दिन Metro Medical Care, Khaitan मा हुनेछ। शिविर बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिनेछ।
शिविरमा सहभागीहरूले निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल र रक्तचाप परीक्षण गराउन सक्नेछन्। साथै, डाक्टरसँग परामर्श सेवा पनि उपलब्ध हुनेछ। स्वास्थ्य शिविर हुने दिन अस्पतालका अन्य सेवामा २० प्रतिशत छुट समेत दिइने जनाइएको छ।
राजदूतावासले स्वास्थ्य परीक्षण गराउन चाहने नेपालीलाई QR कोडमार्फत अनिवार्य रूपमा नाम दर्ता गर्न आग्रह गरेको छ। नाम दर्ताको अन्तिम मिति १५ सेप्टेम्बर २०२६ तोकिएको छ।
राजदूतावासका अनुसार पहिले नाम दर्ता गरेका व्यक्तिहरूले मात्रै स्वास्थ्य शिविरको सेवा लिन सक्नेछन्।