Saturday 3rd October 2026

असोजमा अाएर पनि धनगढी डुब्यो


तितोपाटी – गएराती परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एल.एन. चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् ।

अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् । अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण अहिलेसम्म कुनै मानवीय क्षती नभए पनि केहि पसल र घर डुबानमा परेका छन् । धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ भने सडकमा पानी जमेका कारण बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी र सर्वसाधारणलाई सास्ती भएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...