Monday 20th July 2026

गिती कविता : वर्षाको वरदान


घनघोर बादल गर्जिए, हरियो भयो वन,
शीतल बूँद झरेपछि, हर्षित भयो मन।
खोला नाला मुस्कुराए, बग्न थाले गीत,
धरतीमाथि छरियो फेरि, जीवनको संगीत॥
इन्द्रेणीले गगनभरि, रङ्ग अनेक छर्‍यो,
चरीहरूको मधुर स्वरले, वनवनै भर्‍यो।
धानका ती हरिया बाला, हावासँगै हाँसे,
किसानका ती आशाका दीप, खेतभित्रै बाँसे॥
माटोको त्यो मीठो बास्ना, मनमुटुसम्म पुग्यो,
सुक्खा सपना वर्षासँगै, फेरि नयाँ बन्यो।
प्रकृतिको यो अनुपम लीला, सधैँ रहोस् प्यारो,
जल, जमिन र जीव जोगाऔँ, यही हो धर्म हाम्रो॥
✍️ गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...