सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३ वर्षे पदावधि पुरा गरेर गत भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि कार्कीलाइ नियुक्त गरिएको हो ।
जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले उनलाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
हाल अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका जुम्ला घर भएका कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए ।