Sunday 9th November 2025

एक मिनेट मै सकियो काठमाडौं महानगर कार्यपालिका बैठक


तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै भने – काठमाडौं महानगरपालिकाको  ४० औ कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाका  उप प्रमुख ज्यू , कर्मचारी साथीहरु, कार्यपालिका साथीहरु सबैलाई स्वागत गर्न चाहन्छु, २४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ।  प्रस्ताव नम्बर १ मा रहेको १७ औ नगर सभाको मिति तोक्ने सन्दर्भमा असार २९ गते दिउसो २ बजे नगर सभा र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु,’ प्रमुख शाहले त्यति भनेर टुंग्याए।
सात महिनापछि शुक्रबार  दिउँसो बसेको कार्यपालिका बैठकले बजेटको मिति तोकेको हो। अन्य स्थानीय तहका नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै नगरसभा गाँउ सभा सम्पन्न गरि सकेका छन भने कति ठाँउमा जारी छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...