Saturday 19th September 2026

एक मिनेट मै सकियो काठमाडौं महानगर कार्यपालिका बैठक


तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै भने – काठमाडौं महानगरपालिकाको  ४० औ कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाका  उप प्रमुख ज्यू , कर्मचारी साथीहरु, कार्यपालिका साथीहरु सबैलाई स्वागत गर्न चाहन्छु, २४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ।  प्रस्ताव नम्बर १ मा रहेको १७ औ नगर सभाको मिति तोक्ने सन्दर्भमा असार २९ गते दिउसो २ बजे नगर सभा र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु,’ प्रमुख शाहले त्यति भनेर टुंग्याए।
सात महिनापछि शुक्रबार  दिउँसो बसेको कार्यपालिका बैठकले बजेटको मिति तोकेको हो। अन्य स्थानीय तहका नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै नगरसभा गाँउ सभा सम्पन्न गरि सकेका छन भने कति ठाँउमा जारी छ ।


सम्बन्धित शीर्षकहरु

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र…

१३ मुलुकका लागि सिफारिस गरिएका राजदूतका नाम हेर्दा एउटा कुरा स्पष्ट छ—यीमध्ये कसैलाई विवादित वा अयोग्य भनेर औँला उठाउने ठोस…

सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्…

प्रतिकृयाहरू
...