Monday 14th September 2026

रुकुम पूर्व भनेर हिंडेका कर्मचारी गुल्मीमा, आजै थबाङ फर्किदै


तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट गाउँपालिकाको सम्पर्कमा आएका छन।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै कर्मचारीको टोली रोल्पाको थबाङबाट हिँडेको गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले जानकारी दिनु भयो । तर, बुधबार बेलुकासम्म पटकपटक सम्पर्क गर्दा पनि फोन स्वीच अफ भएपछि कर्मचारी हराएको सूचना निकाल्न गाउँपालिका बाध्य भएको उँहाको भनाई छ ।

सबैतिर हल्लाखल्ला भएपछि बिहीबार बिहान हराएका कर्मचारी टोली सम्पर्कमा आएको थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले  बताए । कर्मचारीको टोली  गुल्मीमा हुनुहुँदो रहेछ, बिहान सम्पर्कमा आउनुभयो । आजै जिल्ला सदरमुकाम लिबाङ आएर त्यसपछि थबाङ आउँछौँ भन्नुभएको छ,’ अध्यक्ष ऋषिकेशव बुढामगरले बताउनु भयो ।

आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो । ‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको थियो । यसरी सम्पर्कविहीन भएरै हिँड्नुपर्ने गरी आफूहरुसँग कुनै लफडा नभएको अध्यक्ष बुढाले बताए ।  कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटीपी कोड थबाङमा नचलेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको टोली रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेको थियो । तर उनीहरु गुल्मी पुगेको पाइएको छ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...