Saturday 26th July 2025

नेपालमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो ।

प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ साल जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्पमा अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न भएको थियो ।

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिरेजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा. जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता थियो ।

कार्यक्रमपछि विभागीय प्रमुख डा. जयन मान श्रेष्ठले अबदेखि शिक्षण अस्पतालमा लिंग पुष्टिकरण क्लिनिक स्थापनाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यस क्लिनिकमार्फत ट्रान्सजेन्डर समुदायका लागि आवश्यक शारीरिक तथा मानसिक मूल्यांकलनपछि लिंगीय पुनर्निर्माणसहितका सेवा नियमित रूपमा उपलब्ध गराइने योजना बनाइएको छ ।

यस कार्यक्रमले सामाजिक, मानसिक, भावनात्मक र शारीरिक रूपमा फरक पहिचान बनाएका ट्रान्सजेन्डर व्यक्तिहरूलाई सम्मान र स्वास्थ्य सेवामा पहुँच दिलाउने उद्देश्य राखेको छ ।

यस्तो सेवा लिनका लागि विदेश जानुपर्ने, उच्च खर्च बेहोर्नुपर्ने बाध्यता रहेकोमा अब नेपालमै यो सेवा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

‘हालसम्म यो अप्रेशन गर्न विदेश जानुपर्ने बाध्यता भएको र धेरै खचिलो पनि हुने गरेको थियो । तर नेपालमा यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर सुमदायलाई धेरै राहत मिल्छ,’ प्रा.डा गोपाल सेढाइले भने ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...