Wednesday 15th May 2024

कथा काठमाण्डु को प्रोमो प्रति चलचित्र विकास बोर्डको अंकुश, निर्माण टिमद्वारा अापत्ति


तितोपाटी – चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।

यदि, प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ । बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा पनि पठाएको छ । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्र गीत र प्रोमो सार्वजनिक भएपछि विवाद र चर्चाको घेरामा छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

बोर्डको निर्देशन पछि यसको निर्माणपक्षले आपत्ती जनाएको छ । बोर्डले पठाएको पत्रमा समावेश गरिएको युटुबको यूआरएल चलचित्रको अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले अाफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको हो। त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउँदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ ।

निर्देशक संगीता श्रेष्ठ पछिल्लो समय यो चलचित्रको काममा व्यस्त छिन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...