Wednesday 9th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः गरिबीले बाध्य भएर…


गरिबीले बाध्य भएर विदेशीनु परेको छ
यो कस्तो बाध्यता हो सहनु परेको छ
घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ
बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ

कस्तो भाग्य रहेछ गरिब भएर जन्मिनु पर्ने
साहुको ऋण तिर्न अब कसो गर्ने
आफ्नो सपनालाई मारी गरिबिमा जिउनुपर्ने
आफ्नो खुसी आफै रेटी बाच्नुपर्ने

कहाँ छन गरिबी हटाउछु भन्दै नारा लगाउनेहरु
गरिबलाई आश्वासन दिएर सत्तामा पुग्नेहरु
झुटा आश्वासनले देश बाट गरिबी हटदैन
भ्रष्टाचारको जालो देश बाट किन हटदैन

गरिबीले बाध्य भएर विदेशीनु परेको छ
यो कस्तो बाध्यता हो सहनु परेको छ
घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ
बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ

-गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...