Sunday 1st November 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः गरिबीले बाध्य भएर…


गरिबीले बाध्य भएर विदेशीनु परेको छ
यो कस्तो बाध्यता हो सहनु परेको छ
घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ
बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ

कस्तो भाग्य रहेछ गरिब भएर जन्मिनु पर्ने
साहुको ऋण तिर्न अब कसो गर्ने
आफ्नो सपनालाई मारी गरिबिमा जिउनुपर्ने
आफ्नो खुसी आफै रेटी बाच्नुपर्ने

कहाँ छन गरिबी हटाउछु भन्दै नारा लगाउनेहरु
गरिबलाई आश्वासन दिएर सत्तामा पुग्नेहरु
झुटा आश्वासनले देश बाट गरिबी हटदैन
भ्रष्टाचारको जालो देश बाट किन हटदैन

गरिबीले बाध्य भएर विदेशीनु परेको छ
यो कस्तो बाध्यता हो सहनु परेको छ
घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ
बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ

-गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...