Saturday 19th September 2026

एन्फा महासचिवविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी


अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए । उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न चुनौति दिए । तर, आफ्नो चुनौतिलाई बेवास्ता गरेपछि वाध्य भएर प्रहरीमा जानुपरेको थापाको भनाइ छ ।

उनले भनेका छन्, ‘कानूनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले मेरो चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको छु । र, भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्रहत्या हुने यस्ता गतिविधि गर्न नसक्ने मेरो विश्वास छ ।’साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ ।


सम्बन्धित शीर्षकहरु

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा…

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन…

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

प्रतिकृयाहरू
...