Monday 1st December 2025

एन्फा महासचिवविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी


अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए । उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न चुनौति दिए । तर, आफ्नो चुनौतिलाई बेवास्ता गरेपछि वाध्य भएर प्रहरीमा जानुपरेको थापाको भनाइ छ ।

उनले भनेका छन्, ‘कानूनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले मेरो चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको छु । र, भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्रहत्या हुने यस्ता गतिविधि गर्न नसक्ने मेरो विश्वास छ ।’साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ ।


सम्बन्धित शीर्षकहरु

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

नासाको रोभरले पहिलो पटक मंगल ग्रहमा बिजुली चम्केको प्रमाण रेकर्ड गरेको छ, यसको माइक्रोफोनले ग्रहभरि निरन्तर बग्ने धुलोको आँधीले उठेका…

प्रतिकृयाहरू
...