Thursday 18th September 2025

अोमनमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु


तितोपाटी – अोमनमा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।   ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा पशु चिकित्सकको रूपमा कार्यरत डा. बिष्णुबाबु तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो ।

भरुभुमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टदा उनको ज्यान गएको हो। ट्याङकर चालक भने सामान्य घाइते छन्।

उनी दुखुम क्षेत्रस्थित भरुभुमिमा रहेका जंगली जनावरको उपचारमा सक्रिय थिए। उनी दिवान कोर्टमा २०१४ देखि कार्यरत थिए। उनको शव स्थानीय अस्पतालमा राखिएको छ। शवलाई मस्कटमा ल्याई नेपाल पठाउने तयारी भइरहेको छ। दुर्घटनास्थल मस्कटबाट झन्डै ७ सय किलाेमिटर टाढा पर्छ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...