Monday 8th June 2026

संचिताको ‘गुनगुन’ कत्तिक अन्तिममा अाउने, टिजर सार्वजनिक


तितोपाटी – संचिता लुइंटेल अभिनित नेपाली कथानक चलचित्र ‘गुनगुन’ को टिजर सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराइको निर्देशन रहेको चलचित्र ‘गुनगुन’ले प्रचारप्रसार समेत सुरु गरेको छ । ३० कातिक रिलिज मिति घोषणा गरिएको चलचित्रको अहिले टिजर सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक टिजरमा सामाजिक कथावस्तुले प्रथामिकता पाएको छ ।

प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको समेत अभिनय रहेको छ ।

हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको चलचित्र अष्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हुँदैछ । प्रेम कथामा आधारित यस चलचित्रलाई उपत्यका बाहिर आरआर फिल्मस् र उपत्यकामा सुनिल मानन्धरले वितरण गर्दैछन् ।

कलाकारितामार्फत संगालेको अनुभवलाई आफुले चलचित्रमा उतारेको निर्माता समेत रहेका निर्देशक पुकारले बताए । चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने उनले दाबी गरे ।


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...