Friday 27th September 2024

खोटाङका ब्रेन ट्यूमर पिडितको उपचारार्थ १० लाख ३० हजार बढि सहयोग


खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिका ४ फाक्टाङका ब्रेन ट्यूमर पिडित डिल्लिसेर राईलाई खोटाङ्गे अभियान्ताहरुले सङ्कलन गरेको सहयोग रकम रु १० लाख ३० हजार २१ हस्तान्तरण गरिएको छ । खोटाङको बाराहपोखरी गाउँपालिका–४ फाक्टाङको मांसिङ्टारका ब्रेन ट्यूमर पिडित ३६ बर्षीय डिल्लिसेर राईलाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ब्रेन ट्यूमर पिडित डिल्लिसेर राई बचाऔँ’ अभियानका क्रममा सङ्कलन भएको सहयोग रकम असोज ४ शनिबार हस्तान्तरण गरिएको हो ।

टाउकोको दाहिने देब्रे दुई तर्फ नै ब्रेन ट्यूमर भइ हाल नर्भिक अस्पताल काठमाडौमा उपचाररत राइको टाउकोको दाहिने पट्टीको 300mg को ब्रेन ट्यूमर अप्रेसन (सल्यक्रिया) गरि सके पछि मात्र बायप्सी चेकजाँचको क्रममा रेडियो थेरापी गर्न ३,४ लाख लाग्ने र रेडियो थेरापी पनि टाउकोको देब्रे तिरको ब्रेन ट्यूमर पनि 50/50% चान्स अप्रेसन(सल्यक्रिया) गर्नु पर्ने भए पछि बिरामी र बिरामीका परिवारजनको आफ्नो घरको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएपछि डिल्लिसेर राईका सहोदर बहिनी प्रमिला राई (नुमा)ले अभियान्ताहरु ध्यान कुमार राई, केदार आले मगर, ईश्वर बन्जारा, मान ब.मगर (अर्जुन), प्रकाश बन्जारा, सन्देश मगर, सुखराज राई, राम कुमार राई, ईन्द्र लिमेल मगर, देबु पासा, कमला राई, अनिल राई, सृजना चाम्लिङ राईसँगको सहकार्यमा रकम सङ्कलन गरिएको जनाइएको छ । गत साउन २१ गतेबाट शुरु गरिएको सहयोग अभियानमा नेपालसहित रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका ३४८ जना आफन्त तथा शुभेच्छुकबाट सङ्कलन गरिएको जनाइएको छ ।

सहयोग रकम सङ्कलन अभियानमा ध्यान कुमार राई,ईश्वर बन्जारा,मान ब.मगर (अर्जुन), प्रकाश बन्जारा,सन्देश मगर,सुखराज राई,राम कुमार राई,ईन्द्र लिमेल मगर,पुकल श्रेष्ठ,हरि श्रेष्ठ,कमला राई प्रमिला राई (नुमा), अनिल राई,जगत राना मगर,सुर्य राना मगर,सुजता राई(गुना),चुडामणि दाहाल,सृजना चाम्लिङ राई,कमला राई,लगायतका अभियान्ताहरुले सहयोग रकम सङ्कलन गरेको अभियन्ता केदार आले मगरले बताएका हुन् । लगभग दुई महिना सञ्चालन गरिएको सहयोग सङ्कलन अभियानमा बिरामीको बहिनी प्रमिला राई (नुमा)को खातामा अभियानको तर्फबाट सहयोग रकम थियो भने बिरामीको श्रीमतीको खातामा र नगत सहयोग सहित १०,३००२१/-दस लाख तीस हजार एक्काईस सहयोग रकम सङ्कलन गरी सङ्कलित रकम संविधान सभा सदस्य बिशाल भट्टराई, पुर्व जनप्रतिनिधिहरु,समाजसेवी अभियान्ताहरु ईश्वर बञ्जरा,ईन्द्र लिमेल मगर, सुखराज राई लगायतको उपस्थितिमा ब्रेन ट्यूमर पिडित डिल्लिसेर राई बचाऔ अभियान टिमका नेपाल प्रतिनिधि ईश्वर बन्जाराको नेतृत्वमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको अभियानका नेतृत्वकर्ता केदार आले मगरले सहयोगी मनहरू एवं अभियानमा संलग्न सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...