Thursday 9th July 2026

खोटाङका ब्रेन ट्यूमर पिडितको उपचारार्थ १० लाख ३० हजार बढि सहयोग


खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिका ४ फाक्टाङका ब्रेन ट्यूमर पिडित डिल्लिसेर राईलाई खोटाङ्गे अभियान्ताहरुले सङ्कलन गरेको सहयोग रकम रु १० लाख ३० हजार २१ हस्तान्तरण गरिएको छ । खोटाङको बाराहपोखरी गाउँपालिका–४ फाक्टाङको मांसिङ्टारका ब्रेन ट्यूमर पिडित ३६ बर्षीय डिल्लिसेर राईलाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ब्रेन ट्यूमर पिडित डिल्लिसेर राई बचाऔँ’ अभियानका क्रममा सङ्कलन भएको सहयोग रकम असोज ४ शनिबार हस्तान्तरण गरिएको हो ।

टाउकोको दाहिने देब्रे दुई तर्फ नै ब्रेन ट्यूमर भइ हाल नर्भिक अस्पताल काठमाडौमा उपचाररत राइको टाउकोको दाहिने पट्टीको 300mg को ब्रेन ट्यूमर अप्रेसन (सल्यक्रिया) गरि सके पछि मात्र बायप्सी चेकजाँचको क्रममा रेडियो थेरापी गर्न ३,४ लाख लाग्ने र रेडियो थेरापी पनि टाउकोको देब्रे तिरको ब्रेन ट्यूमर पनि 50/50% चान्स अप्रेसन(सल्यक्रिया) गर्नु पर्ने भए पछि बिरामी र बिरामीका परिवारजनको आफ्नो घरको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएपछि डिल्लिसेर राईका सहोदर बहिनी प्रमिला राई (नुमा)ले अभियान्ताहरु ध्यान कुमार राई, केदार आले मगर, ईश्वर बन्जारा, मान ब.मगर (अर्जुन), प्रकाश बन्जारा, सन्देश मगर, सुखराज राई, राम कुमार राई, ईन्द्र लिमेल मगर, देबु पासा, कमला राई, अनिल राई, सृजना चाम्लिङ राईसँगको सहकार्यमा रकम सङ्कलन गरिएको जनाइएको छ । गत साउन २१ गतेबाट शुरु गरिएको सहयोग अभियानमा नेपालसहित रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका ३४८ जना आफन्त तथा शुभेच्छुकबाट सङ्कलन गरिएको जनाइएको छ ।

सहयोग रकम सङ्कलन अभियानमा ध्यान कुमार राई,ईश्वर बन्जारा,मान ब.मगर (अर्जुन), प्रकाश बन्जारा,सन्देश मगर,सुखराज राई,राम कुमार राई,ईन्द्र लिमेल मगर,पुकल श्रेष्ठ,हरि श्रेष्ठ,कमला राई प्रमिला राई (नुमा), अनिल राई,जगत राना मगर,सुर्य राना मगर,सुजता राई(गुना),चुडामणि दाहाल,सृजना चाम्लिङ राई,कमला राई,लगायतका अभियान्ताहरुले सहयोग रकम सङ्कलन गरेको अभियन्ता केदार आले मगरले बताएका हुन् । लगभग दुई महिना सञ्चालन गरिएको सहयोग सङ्कलन अभियानमा बिरामीको बहिनी प्रमिला राई (नुमा)को खातामा अभियानको तर्फबाट सहयोग रकम थियो भने बिरामीको श्रीमतीको खातामा र नगत सहयोग सहित १०,३००२१/-दस लाख तीस हजार एक्काईस सहयोग रकम सङ्कलन गरी सङ्कलित रकम संविधान सभा सदस्य बिशाल भट्टराई, पुर्व जनप्रतिनिधिहरु,समाजसेवी अभियान्ताहरु ईश्वर बञ्जरा,ईन्द्र लिमेल मगर, सुखराज राई लगायतको उपस्थितिमा ब्रेन ट्यूमर पिडित डिल्लिसेर राई बचाऔ अभियान टिमका नेपाल प्रतिनिधि ईश्वर बन्जाराको नेतृत्वमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको अभियानका नेतृत्वकर्ता केदार आले मगरले सहयोगी मनहरू एवं अभियानमा संलग्न सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जैविक विविधताले पृथ्वीलाई जीवन्त र समृद्ध बनाउनुका साथै मानव सभ्यताको अस्तित्व र विकासको आधार तयार गर्छ। पछिल्ला वर्षहरूमा चीनले लागू…

अमेरिकी राष्ट्रपति Donald Trumpका पछिल्ला दुई सार्वजनिक अभिव्यक्तिले मध्यपूर्वमा युद्धविरामको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेका छन्। पहिलो अभिव्यक्तिमा उनले अमेरिका…

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रतिकृयाहरू
...