Friday 16th January 2026

ब्राज्रिलको राजधानी साओ पाउलोमा विमान दुर्घटना, विमानमा सवार सबै ६१ जनाको मृत्यु


ब्राजिलको राजधानी साओ पाउलोमा एक विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए ।

विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर नजिकै दुर्घटनामा परेको हो ।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठुलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...