Friday 16th January 2026

भारतको उत्तर प्रदेश बस दुर्घटनामा १८ जनाको मृत्यु


भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा १४ पुरुष, ३ महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मारिएका प्रति समवेदना प्रकट गर्दै सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने उनको घोषणा छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...