Friday 19th December 2025

हृदयघातका कारण कुवेतमा फेरी एक नेपालीको मृत्यु


चन्द्र बिश्वकर्मा – कुवेतमा हृदयघातका कारण धनुषा जानकीनन्दनि गाउँपालिका स्थायी घर भएका पन्चलाल कपारीको मृत्यु भएको छ ।

हिजो ०३, सेप्टेम्बर २०१८ सोमबार साझ अचानक मुटु दुख्यो भनी क्याम्प बोसलाई उनले जानकारी गराएका थिए । कम्पनिले पनि तुरुन्तै फर्वानिया अस्पताल लगेको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको उनकै कम्पनीमा कार्यरत फोरमेन रोल बहादुर बिश्वकर्माले तितोपाटी डट कमलाई जानकारी गराए ।

घरपरिवारले समेत कपारिको मृत्यु भएको जानकारी पाइसकेका छन । मृतक कपारिको घरमा श्रीमती, दुई छोरा र दुई छोरी छन । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले छोरा छोरीलाई राम्रो संग पढाउने सपना बोकेर प्रवास आएका कपारी आफ्नो छोरा-छोरिको इच्छा अाकांक्षा पूरा गर्न नपाउदै अस्ताएका छन ।

केही समय पहिले उनको दाजु पनि कम्बाइन ग्रुप कम्पनीमा काम गर्दा गर्दै प्यारालाइसिस भएर स्वदेश फर्किएका थिए । कपारी बिगत ६ वर्ष देखि कम्बाइन ग्रुप कम्पनीमा कार्यरत थिए ।

नेपाली राजदुतावास कुवेतका श्रमसहचारी ज्ञानेन्द्र शर्माका अनुसार मृतक कपारिको शव कुवेतको फर्वानिया अस्पतालमा राखिएको र केहि दिनमै क़ानूनी प्रकृया गरि नेपाल पठाईने छ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...