Thursday 11th June 2026

हृदयघातका कारण कुवेतमा फेरी एक नेपालीको मृत्यु


चन्द्र बिश्वकर्मा – कुवेतमा हृदयघातका कारण धनुषा जानकीनन्दनि गाउँपालिका स्थायी घर भएका पन्चलाल कपारीको मृत्यु भएको छ ।

हिजो ०३, सेप्टेम्बर २०१८ सोमबार साझ अचानक मुटु दुख्यो भनी क्याम्प बोसलाई उनले जानकारी गराएका थिए । कम्पनिले पनि तुरुन्तै फर्वानिया अस्पताल लगेको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको उनकै कम्पनीमा कार्यरत फोरमेन रोल बहादुर बिश्वकर्माले तितोपाटी डट कमलाई जानकारी गराए ।

घरपरिवारले समेत कपारिको मृत्यु भएको जानकारी पाइसकेका छन । मृतक कपारिको घरमा श्रीमती, दुई छोरा र दुई छोरी छन । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले छोरा छोरीलाई राम्रो संग पढाउने सपना बोकेर प्रवास आएका कपारी आफ्नो छोरा-छोरिको इच्छा अाकांक्षा पूरा गर्न नपाउदै अस्ताएका छन ।

केही समय पहिले उनको दाजु पनि कम्बाइन ग्रुप कम्पनीमा काम गर्दा गर्दै प्यारालाइसिस भएर स्वदेश फर्किएका थिए । कपारी बिगत ६ वर्ष देखि कम्बाइन ग्रुप कम्पनीमा कार्यरत थिए ।

नेपाली राजदुतावास कुवेतका श्रमसहचारी ज्ञानेन्द्र शर्माका अनुसार मृतक कपारिको शव कुवेतको फर्वानिया अस्पतालमा राखिएको र केहि दिनमै क़ानूनी प्रकृया गरि नेपाल पठाईने छ।


सम्बन्धित शीर्षकहरु

नेपालको संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा संघीय संरचनाको प्रभावकारिता र खर्चबारे बहस फेरि चर्किएको छ। यही सन्दर्भमा सार्वजनिक भएको…

अमेरिकाले दक्षिणी इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको करिब एक घण्टापछि इरानको युद्ध व्यवस्थापन निकायले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना…

कुवेतले नेपाल लगायत १० देशबाट मात्र घरेलु कामदार लिने भएको छ । कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्ती सम्बन्धी नयाँ…

प्रतिकृयाहरू
...