Thursday 10th September 2026

भारतमा विषाक्त मदिरा सेवनको कारण ४९ जनाको मृत्यु


भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले बताएका छन्। मदिरा सेवनका कारण बिरामी परेका दर्जनाै मानिसहरू अझै पनि अस्पतालमा उपचाररत रहेकोले ज्यान जानेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरमा विषालु मदिरा सेवनबाट मानिसहरूको मृत्यु भएको हो । त्यहाँ मङ्गलबार राती मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको हो।

भारतमा लोकल मदिरा सेवनबाट वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । लोकल मदिरा उत्पादकहरूले मदिरालाइ कडा बनाउन अत्याधिक मेथानोलको प्रयोग गर्ने गर्दछन् जसको कारणले मानिसमा अन्धोपन बढाउनुको साथै कलेजोमा क्षति पुर्याउँछ भने अधिक मदिरा सेवन गरेमा ज्यान जाने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...