माधव पाैडेल “असल यात्री”
तीन सरकारको लुटतन्त्र बन्द गरौ
 सुरक्षित रोजगारको ढोका खोलौ
 रोजगारलाई बन्धक बनाउनु
 सामाजिक अपराध हो ।
विश्वको सबैभन्दा बलियो अर्थतन्त्र जहाँ
 कमाउन जाने अबसर दिइदैन त्यहाँ
 रोजगारीमा जान रोकेपछि
 देशको विकास कसरी हुन्छ यहाँ ?
कस्ले बोल्ने यस्तो आवाज
 कसैमा दम छ ?
 कस्ले पुर्याउने यो पीडा
 लेख्नुस न पत्रकार साथी
 आज तपाईं कलमवाज हुनुहुन्छ
 तपाइँले लेख्न सक्नु हुन्छ ।
यहाँ न वहाँ, सबै राम्रो
 उ राम्रो, म राम्रो, तिमी राम्रो
 वहाँ झन साह्रै राम्रो
 धन राम्रोहरुलाई जति राम्रो भएपनि
 अपुग हुनेहरूलाइ अति नराम्रो ।
आउनुहोस् राम्रो भन्यो भनेर
 मलाई पिट्नुहोस्
 ताकि राष्ट्रिय अखबारमा
 राम्रोहरुको खबर अाएपछि
 मेरो घाउ ओखती बनोस् ।
सबै नेताहरु कुवेत आउनुहुन्छ समस्याहरुको पोको पारेर जानुहुन्छ । कोहीले अथ्यागमनको डस्टबिनमा फ्याकेर जानुहुन्छ कोहिले नेपाल पुर्याएर फेरि प्रयासको चिट फ्याकिदिनु हुनेछ तर यो पल्ट सानो भए पनि कुवेतले पुरस्कार पावस् भन्नेमा आशाबादी छौ ।
अन्त्यमा, कार्यक्रम सफलताको शुभकामना सहित नँया बन्ने कार्य समितिलाई अग्रिम बधाई तथा सफल कार्य कालको लागि शुभकामना ब्यक्त गर्दछु ।