Saturday 25th July 2026

टी-२० विश्वकप: दश वर्षपछि नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा


दश वर्षपछि नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा उत्रँदैछ। नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध आज खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो। बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार आज राति सवा नौ बजे सुरु हुनेछ।

नेपालले सन् २०१४ यता पहिलो पटक ट्वान्टी-२० विश्वकप खेल्दैछ। समूह चरणको पहिलो खेलमै पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स सग खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ।

दशकपछि ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा उत्रदा पहिलो खेलबाटै उत्कृष्ट नतिजा दिने अपेक्षा गरिएको छ।

कुनै पनि खेलाडीको अन्तिम सपना हुने गरेको विश्वकपमा पुग्नु आफैमा ठुलो भएको र अब यसलाइ सक्दो सम्झनलायक बनाउनु पर्नेमा खेलाडीहरुको दुइमत छैन। नेपालले पहिलो पटक विश्वकप खेल्दा टोलीमा रहेका विनोद भण्डारी सहितका खेलाडीहरु नेपालको विश्वकप यात्रा अविश्मरणीय हुने बताउँछन्।

समूह डी मा रहेको नेपाल भन्दा समूहका अन्य टोली आईसीसी वरीयता र प्रदर्शनका हिसाबले बलिया छन्। नेपालको समूहमा एकपटकको टी-२० च्याम्पियन श्रीलंका र विश्व क्रिकेटकै बलियो राष्ट्र दक्षिण अफ्रिका छन्।

श्रीलंका सन् २०१४ को विश्वकप विजेता हो भने टी-२० वरीयताको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दुईपटक सेमिफाइनलमा पुगेको छ। विश्वकपमा निरन्तर सहभागी राष्ट्र बंगलादेश पनि नेपालकै समूहमा छ।

बंगलादेश टी-२० विश्वकपमा निरन्तर सहभागी राष्ट्र हो भने एसोसिएट राष्ट्रमा नेपालको कडा प्रतिद्वन्द्वीका रूपमा नेदरल्यान्ड्स रहेको छ। नेदरल्यान्ड्स विरुद्ध नेपालले मंगलबार पहिलो खेल खेल्दा दोस्रो खेल जेठ ३० गते श्रीलंकासँग खेल्नेछ। तेस्रो खेल असार १ गते दक्षिण अफ्रिकासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल असार ३ गते बंगलादेश विरुद्ध खेल्दै नेपालले समूह चरणको खेल सक्नेछ।

समूह चरणमा हुने चार खेल मध्य नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ। यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेर नेपालले इतिहास रचेको थियो।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शनको मात्र होइन आफूभन्दा बलिया टोलीलाई कडा टक्कर दिदै विश्व क्रिकेट जगतमा नेपाल उदाएको छ भन्ने सन्देश पक्कै छोड्नेछ।


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...