Monday 30th December 2024

सांगीतिक धमाकाको लागि कलाकार शिव परियार र रचना रिमाल मे ३० मा कुवेत आइपुग्ने


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल भोली ३० मे २०२४ दिन बिहान ७ बजे कुवेत आइपुग्ने कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेतको नेपाली समाजमा स्थापित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतलाई अतिथि कलाकार शिव परियार र रचना रिमालको स्वागतको लागि भोली ३० मे २०२४ का दिन बिहान ७ बजे कुवेत एयरपोर्टमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा ३१ मे २०२४ मा दिनको ठिक १ बजेदेखि चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ ।
 


कार्यक्रमको विवरण :

मितिः ३१ मे २०२४ 

स्थान: स्पायर इन्डियन स्कुल जिलिब

समयः दिनको ठिक १ बजे  

आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

आज तमु ल्होसारः देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन्। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई…

BREAKING: कोरियाली वैज्ञानिकहरूले ट्युमर कोशिकाहरूलाई सामान्य कोशिकाहरूमा परिणत गर्ने प्रविधिको विकास गरेका छन । क्यान्सर उपचारमा एक महत्वपूर्ण प्रगतिमा, कोरिया…

काइरो: इजिप्टले शनिबार भन्यो कि उसले स्वेज नहरको दक्षिणी छेउमा नयाँ १० किलोमिटर च्यानलको सफलतापूर्वक परीक्षण गरेको छ, यमनका हुथी…

प्रतिकृयाहरू
...