Saturday 17th January 2026

श्रमिकहरूका अधिकार वृद्दिको माग गर्दै यसियाभर मे दिवस मनाइए


विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् ।

बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स लगायतका देशमा र्‍याली निकालिएको थियो । आन्दोलनकारीहरूले बढ्दो मूल्यवृद्धिको विरोध गर्दै थप श्रम अधिकारको माग गरेका थिए।

दक्षिण कोरियाको राजधानी सियोलमा हजारौं प्रदर्शनकारीहरूले गाए, झण्डा फहराए र केन्द्रमा मार्च गर्नु अघि श्रम समर्थक नारा लगा ए। जापानमा दशाैं हजार बढी मानिसहरू टोकियो शहरमा भेला भएर तलब वृद्दिको माग गरे । त्यसै गरि ताइवानको राजधानी ताइपेइमा पनि कामदार अधिकार कानूनहरू परिमार्जन गर्न माग गर्दै हजाराैं श्रमिकहरू सडकमा उत्रिएका थिए । फिलिपिन्समा पनि कामदारहरूले रातो झण्डा फहराउँदै “हामी मर्न होइन बाँच्नका लागि काम गर्छौं” र “सामानको मूल्य कम गर, तलब बढाउ” भन्ने पोस्टर बोकेका प्रदर्शनकारीहरूले फिलिपिन्सका मजदुरहरूले भोग्नुपरेको कठिनाइको बारेमा नारा लगाएका थिए ।

सामान्य आर्थिक गुनासो र राजनीतिक मागहरू प्रसारण गर्न प्रयोग गरिएका कार्यक्रमहरूको साथ विश्वभर मे दिवसमा श्रमिक अधिकारहरू मनाइन्छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...