Wednesday 2nd September 2026

केन्यामा भिषण वर्षा र बाढीका कारण ७६ जनाको मृत्यु


केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन् । बाढीका कारण २९ जना घाइते भएका छन् र १९ जना अझै बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
वर्षाका कारण जोखिममा रहेका क्षेत्रबाट थप मानिसहरूलाई बाहिर निकाल्न आदेश दिएको सरकारी प्रवक्ताले बताएका छन्।

केन्याले मार्चको मध्यदेखि भारी वर्षाको सामना गरि रहेको छ । केन्याली रेड क्रसले मार्चमा सुरु भएदेखि अहिलेसम्म ३०० भन्दा बढीको उद्धार गरेको जनाएको छ। त्यहाँ हजाराैं मानिसहरू घरबरबिहिन भएका छन् ।

राजधानी नैरोबीमा मात्रै बाढीका कारण ३२ जनाको ज्यान गएको छ भने १६ हजार भन्दा बढि मानिसहरू घरबारबिहिन भएका छन् । बाढीले मानिसहरू बोकेको ट्रक नै बगाएको छ भने सडकहरू जलमग्न भएका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...