Saturday 17th January 2026

केन्यामा भिषण वर्षा र बाढीका कारण ७६ जनाको मृत्यु


केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन् । बाढीका कारण २९ जना घाइते भएका छन् र १९ जना अझै बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
वर्षाका कारण जोखिममा रहेका क्षेत्रबाट थप मानिसहरूलाई बाहिर निकाल्न आदेश दिएको सरकारी प्रवक्ताले बताएका छन्।

केन्याले मार्चको मध्यदेखि भारी वर्षाको सामना गरि रहेको छ । केन्याली रेड क्रसले मार्चमा सुरु भएदेखि अहिलेसम्म ३०० भन्दा बढीको उद्धार गरेको जनाएको छ। त्यहाँ हजाराैं मानिसहरू घरबरबिहिन भएका छन् ।

राजधानी नैरोबीमा मात्रै बाढीका कारण ३२ जनाको ज्यान गएको छ भने १६ हजार भन्दा बढि मानिसहरू घरबारबिहिन भएका छन् । बाढीले मानिसहरू बोकेको ट्रक नै बगाएको छ भने सडकहरू जलमग्न भएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...