Monday 24th August 2026

नेपाली कथानक चलचित्र “महाजात्रा” कुवेतमा अप्रिल २५ देखि प्रदर्शन हुँदै


नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमा हलमा “महाजात्रा” प्रदर्शन हुने भएको हो।

चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखि एप्रील २७ सम्म प्रदशन हुने छ ने ओ जोन सिनेमा खेतानमा एप्रिल २५ देखी मे १ सम्म प्रदर्शन हुने छ ।

प्रदीप भट्टराईको लेखन तथा गीतमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

स्मरण रहोस, विगत केही महिनादेखी कुवेतमा नेपाली सिनेमा ल्याएर निरेम प्रोडक्सनले सिनेमा प्रदर्शन गरी रहेको छ।


सम्बन्धित शीर्षकहरु

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

इजरायलले स्विडेनका युरोपेली संसद् (MEP) का दुई सदस्य जोनास स्योस्टेड्ट (Jonas Sjöstedt) र हाना गेडिन (Hanna Gedin) लाई देश प्रवेशमा…

टर्की र इजरायलबीच तनाव बढिरहेका बेला इरानबाट टर्कीको पक्षमा कडा चेतावनी आएको छ। इरानी राजनीतिक विश्लेषक सैयद मोहम्मद मरान्दीले इजरायलले…

प्रतिकृयाहरू
...