Friday 10th July 2026

नेपालले एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल युएइसँग खेल्ने


एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ।

ओमानमा जारी प्रिमियर कपमा नेपाल अपराजित टोली हो। लिगको अन्तिम खेलअगावै नेपाल समूहविजेता बन्ने पक्का थियो। त्यसैले नेपाल दोस्रो चरण (सेमिफाइनल) को प्रतिद्वन्द्वीका लागि ओमान र कुवेतबीच नतिजाको पर्खाइमा थियो।

ओमानले कुवेतविरुद्ध ४६ रनको जित निकाल्यो र युएई समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। यो खेलसँगै जारी प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भयो। जितसँगै चार खेलबाट आठ अंकसहित ओमान समूह ‘बी’ को विजेता बन्यो। युएई ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।

त्यससँगै नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्द्वी पाएको हो। गत संस्करणको एसिसी प्रिमियर कपमा नेपालले युएईलाई नै हराउँदै एसिया कपमा स्थान बनाएको थियो। यस पटक पनि नेपाल उपाधि जोगाउने लक्ष्यमा छ।


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...