Saturday 19th April 2025

नेपाल कुवेत साँस्कृतिक मन्चको तीज कार्यक्रमको तयारी पुरा


बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । 

आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम लाई जानकारी दिएका छन् ।

नारीहरुको महानपर्व हरितालिका तीजको रमझमले स्वदेशमा मात्र होइन, बिदेशमा रहेका नेपालीहरुलाई समेत छपक्कै छोपेको छ । कुवेतमा कार्यरत नेपालीहरु पनि एक महिनाअगाडि नै तीजको तयारी गरिरहेका छन् ।

देशभन्दा पर रहेर बर्षदिनको तीजमा छमछमी नाच्दै रमाइलो गराउने उदस्यका साथ उक्त कार्यक्रम गर्न लागेको र कुवेतमा कार्यरत नेपाली चेलीहरुलाई स्वदेशको तीजको झल्को मेटाउने गरि यही सेप्टेम्बर १४ शुक्रबारको दिन आयोजना हुने १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रममा कुवेतमा कार्यरत नेपाली दाज़ु भाई तथा दीदी बहिनी, पत्रकार, खेलाडी, र सम्पूर्ण संघ संस्थाका प्रतिनिधि लगायत बुद्धिजीवी हरूलाई उक्त कार्यक्रममा सहभागी भई आर्थिक र नैतिक रूपले सहयोग गरिदिनु हुन नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतले सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

उक्त कार्यक्रममा कुवेतमा रहेका नेपाली नारीहरुलाई निसुल्क  प्रवेश आयोजना गरिएकोले आयोजकले सम्पुर्ण महिलाहरुलाई मञ्चले बिशेष निमन्त्रणा समेत गरेको छ ।

मिति- शुक्रवार १४ सेप्टेम्बर

समय- दिउँसो १ बजे

स्थान- युनिक अडोटोरीयम हल फरवानिया


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...