Tuesday 14th July 2026

नेपाल कुवेत साँस्कृतिक मन्चको तीज कार्यक्रमको तयारी पुरा


बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । 

आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम लाई जानकारी दिएका छन् ।

नारीहरुको महानपर्व हरितालिका तीजको रमझमले स्वदेशमा मात्र होइन, बिदेशमा रहेका नेपालीहरुलाई समेत छपक्कै छोपेको छ । कुवेतमा कार्यरत नेपालीहरु पनि एक महिनाअगाडि नै तीजको तयारी गरिरहेका छन् ।

देशभन्दा पर रहेर बर्षदिनको तीजमा छमछमी नाच्दै रमाइलो गराउने उदस्यका साथ उक्त कार्यक्रम गर्न लागेको र कुवेतमा कार्यरत नेपाली चेलीहरुलाई स्वदेशको तीजको झल्को मेटाउने गरि यही सेप्टेम्बर १४ शुक्रबारको दिन आयोजना हुने १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रममा कुवेतमा कार्यरत नेपाली दाज़ु भाई तथा दीदी बहिनी, पत्रकार, खेलाडी, र सम्पूर्ण संघ संस्थाका प्रतिनिधि लगायत बुद्धिजीवी हरूलाई उक्त कार्यक्रममा सहभागी भई आर्थिक र नैतिक रूपले सहयोग गरिदिनु हुन नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतले सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

उक्त कार्यक्रममा कुवेतमा रहेका नेपाली नारीहरुलाई निसुल्क  प्रवेश आयोजना गरिएकोले आयोजकले सम्पुर्ण महिलाहरुलाई मञ्चले बिशेष निमन्त्रणा समेत गरेको छ ।

मिति- शुक्रवार १४ सेप्टेम्बर

समय- दिउँसो १ बजे

स्थान- युनिक अडोटोरीयम हल फरवानिया


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...