Monday 1st September 2025

अछाममा ट्रयाक्टर दुर्घटना, पाँच जनाको मृत्यु


अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख-७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा मेल्लेख-१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए।

मृतक र घाइते एउटै वडाका बासिन्दा हुन्। घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक दर्रा हुँदै व्यापार मार्ग खोल्ने…

प्रतिकृयाहरू
...