Monday 18th May 2026

कुवेतको अस्पतालमा उपचाररत प्युठानकी तुलसा जिसीको भयो उद्धार


तितोपाटी -बिगत १६ महिना देखि  कुवेतको आदान अस्पतालमा उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचारत  तुलसालाई कुवेतस्थित नेपाली दूतावासले उद्धार गरि स्वदेश फर्काएको हो ।
प्युठान जिल्ला झिमरुक गाउँपालिका-५ ओखरपुर घर भएकी तुलसालाई स्वदेश फर्काउन दूतावासले लामो समयदेखि पहल गरेको थियो।
बिगत २ बर्षको भिसा समाप्त भएसंगै अबैधानिक बन्न पुगेकी तुलसा अबैधानिक रुपमा रहेको बुझिएको छ। उद्धार पश्चात् तुलसाको काठमाडौं स्थित वीर अस्पताल हुँदै हाल काभ्रेको बनेपास्थित थेरापी सेन्टरमा उपचार भैरहेको उनकी छोरी सिता जिसीले जानकारी दिएकी छिन ।
घरेलु कामदारको रुपमा करिब ४ बर्ष पहिले कुवेत आएकी तुलसा एक्कासी हराएकी थिइन् । बेखबर बनेकी तुलसाको खोजबिन गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै उनका परिवारले नेपाली दूतावास कुवेतलाई पत्र पठाएको थियो । खोजी गर्दै जाँदा उनी अस्पतालको वेडमा भेटिएकी थिईन। उनकी छोरीका अनुसार तुलसा एक्कासी ढलेर बेहोस् भएकी थिइन् । त्यसपश्चात् उनलाई अस्पताल पुर्याएर मस्तिष्कको अप्रेसन गरिएको थियो । तुलसाको स्वास्थ्यमा अझै सुधार हुन सकेको छैन । अहिले उनलाई प्यारालाइसिस भएको छ भने शरीरको एक भाग चल्दैन । उनि बोल्न सक्दिनन् तर इसारा भने बुझ्ने सम्म भएकी तुलसाकी छोरीले बताईन ।
आमाको उपचारमा आर्थिक अभाब भएपछि तुलसाको छोरीले  विभिन्न सामाजिक संघ-संस्था र सरकार सामु सहयोग पहलको लागि धाइरहेकी छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...