Saturday 3rd October 2026

कुवेत को लागी १५ राष्ट्रहरु संग घरेलु कामदारका लागि बर्ता भईरहेको छ


कुवेत सिटी, नोभेम्बर २२, घरेलु कामदार भर्नाका लागि दुर्रा कम्पनीले १५ देशसँग वार्ता सुरु गरेको छ, जुन कुरा स्थानिय अरबीक दैनिक अल(काबास लाई उदृत गर्दै अरब टाईम्सले समाचार प्रकाशित गरेको छ ।

जस अनुसार नेपाल, घाना, भियतनाम, युगान्डा, सियरा लियोन, तान्जानिया, क्यामरुन, माडागास्कर, आइभोरी कोस्ट, बुरुन्डी, जिम्बाब्वे, पपुवा गिनी, माली, रुवाण्डा, प्रजातान्त्रिक गणतन्त्र कंगो, बंगलादेश लगायत छन । कम्पनीले सम्बन्धित देशको स्वीकृत पर्खिरहेको जनाएको छ ।

कम्पनीका अनुसार, यसले फिलिपिन्स गणतन्त्र सम्बन्धी घटनाहरूको श्रृंखला पछि श्रीलंकामा धेरै घरेलु कामदार भर्ती गर्ने एजेन्सीहरूलाई सम्पर्क गरेको जनाएको छ । यसरी नै फिलिपिन्समा श्रम तथा रोजगार विभागसँग वार्ता पनि भएको र त्यहाँका सहायक श्रम सचिवसँगको बैठकमा प्रत्येक काम अर्डरसँगै भर्ती एजेन्सीको संख्या चार पु¥याउने सहमति भएको बताईन्छ । यसरी प्रत्येक एजेन्सीको अंश एक सय घरेलु कामदार रहनेछ ।

अघिल्लो नियम फिलिपिन्सको श्रम कानून अनुसार थियो, जसले कम्पनीलाई दुई एजेन्सीहरूसँग सम्झौता गर्न अनुमति दिएको थियो र प्रत्येक कार्य आदेशमा प्रत्येक एजेन्सीका लागि मात्र ५० घरेलु कामदारहरू तोकिएको थियो। फलस्वरूप, भर्ना गरिएका कामदारहरूको संख्या अघिल्लो नियमको तुलनामा लगभग २०० प्रतिशतले बढ्नेछ र यो वृद्धि कुवेती परिवारहरूको हितमा हुनेछ । भर्ती लागत कुवेती डिनार ७०० छ । कामदारको मूलकबाट कुवेतको यात्रा टिकट सहित, उक्त रकम भएको कम्पनीले खुलासा गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...