Monday 20th July 2026

पृथ्वीको बायुमण्डल बाहिर अन्तरिक्षमा मिसायलको प्रतिरोध


ईजरायल कति बलियो छ भन्ने कुरा उसको प्रतिरक्षा प्रणालीले देखाउछ । हालैका दिनमा उसले आफ्नो क्षमताको प्रर्दशन र परिक्षण लडाईकै क्रममा गरेको छ । दुई हजार किलोमिटर टाढा रहेको यमन बाट आएको हुथी मिसाइलको प्रहारका विरुद्ध उसले अत्याधुनिक एरो ३ प्रतिरक्षा प्रणालीको पहिलो प्रयोग गरेको हो । यसै साता यसअघि उसले हुतीहरुको मिसायल रोक्न एरो २ को प्रयोग गरेको थियो ।

एरो ३ प्रतिरक्षा प्रणालीले कुनै पनि विस्फोटक पदार्थ प्रयोग गर्दैन, विशुद्ध रूपमा मिसायललाई बाटैमा अवरोध गर्दछ र उसको लक्ष्य लाई विफल पारिदिन्छ । तर एरो दुई ले यसको ठिक विपरित एक वारहेड बोक्छ जसले विस्फोटक चार्ज को प्रयोग गरेर मिसाइललाई नष्ट गर्दछ।

इजरायलको वायुसेनाले आज यमनको हुथीद्वारा इलातमा प्रहार गरेको मिसाइललाई रोक्नको लागि एरो ३ वायु रक्षा प्रणाली प्रयोग गरेको हो। यो प्रणालीको पहिलो प्रयोग जुन सफल देखिएको छ र गत हप्ता उही उद्देश्यका लागि प्रयोग गरेको एरो २ प्रणालीको पहिलो सफल प्रयोग पनि लडाईकै क्रममा भएको हो । जसले पृथ्वीको वायुमण्डल बाहिर युद्धको पहिलो घटना भएको देखाउछ । एक प्रकारले स्पेस युद्धका लागि ईजरायल सक्षम भएको देखिन्छ ।

इजरायल एयरोस्पेस इंडस्ट्रीज, एक अग्रणी रक्षा फर्म द्वारा विकसित एरो ३ प्रणाली, अन्तरिक्षमा ब्यालिस्टिक मिसाइलहरू रोक्नको लागि एक उन्नत वायु रक्षा प्रणाली हो। अगस्टमा, इजरायलले यो प्रणाली जर्मनीलाई ल्क्ष्क् ज्ञद्ध बिलियनमा बेच्ने घोषणा गगरेको छ । जुन इजरायलको इतिहासको सबैभन्दा ठूलो रक्षा सम्झौता हो। युक्रेनमा रुसको आक्रमणपछि जर्मनीले आफ्नो प्रतिरक्षा सुधार गर्ने निर्णयको बीचमा यो प्रतिरक्षा प्रणाली खरिद गरेको हो ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न…

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

प्रतिकृयाहरू
...