Monday 20th July 2026

हमास ईजरायल युद्ध अन्तिम चरणमा


एक ईजरायली मिडियाले हमासका स्थानिय कमाण्डरको हवाला दिदै उसले बेलायतको डेली मेललाई टेलिग्राम मा दिएको अन्र्तबार्तामा भनेका छन हामीलाई हमास कमाण्डर हानिएह र सिनवारले नष्ट गरे अहिले उनीहरुसँग सम्पर्क टुटेको छ । उनले भने कि हानिएह र अन्य नेताहरू विदेशमा आरामदायी जिन्दगी विताएर बसेका छन

ती वरिष्ठ हमास कमाण्डरले बेलायतको डेली मेललाई भने कि हमास नेता इस्माइल हनियाह र याह्या सिनवारले अक्टोबर ७ को हमलाको आदेश दिएर हमास लडाकुको आन्दोलनको तल्लो तहलाई नष्ट गरेका छन, आइतबारको ब्रिटिश अखबार मा छापिएको छ । आफूलाई अबु मोहम्मद भनिने ती कमाण्डरले टेलिग्राममा एउटा अन्तर्वार्ता दिदै अखबारलाई भने कि मूलतः योजना केही इजरायली सैनिकहरूलाई अपहरण गर्ने थियो, तर अन्तिम मिनेटमा हमासका सैन्य नेताहरूले नरसंहार सञ्चालन गर्न आदेशहरू परिवर्तन गरे जुन अक्टोवर ७ को विहान को दुःखद घटना भएको थियो ।

हाम्रो बोल्नुको कारण यो हो कि हामी हाम्रो आवाज संसारमा उठाउन चाहन्छौं। मेरो प्रिय गाजा अहिले बमबारीमा छ, उनले विलाप गर्दै भने यो सव समस्या हाम्रो नेतृत्वको कारण आएको हो। कमाण्डरले यस तथ्यलाई औंल्याए कि हानिएह र अन्य नेताहरू विदेशमा सुख शयलमा बस्छन् जबकि उनी हामीहरु यहाँ जैतूनको तेलमा आफुलाई निर्वाह गरिरहेका छौ ।

कमाण्डरले हमासको राजनीतिक ब्यूरोसँग सम्पर्क टुटेको पनि बताए । हामीलाई थाहा छैन अब कुन दिशामा जाने हो। हामीलाई थाहा छैन कुन बाटो लिने। उनीहरूले हामीलाई नष्ट गरे। रक्षा मन्त्री योभ गालान्टले हालै हमास नेतृत्व र लडाकु समूहको तल्लो तहबीचको सम्बन्ध विच्छेदको बारेमा पनि बोले, सिन्वारलाई बाँकी संगठनबाट पूर्ण रूपमा काटिएको र हमासको कमाण्ड संरचना ध्वस्त हुँदै गएको बताए।
– JP


सम्बन्धित शीर्षकहरु

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

प्रतिकृयाहरू
...