Tuesday 10th March 2026

एनआरएनएलाइ राजनीतिबाट टाढा राख्न प्रतिवद्ध छु – डा. बद्री केसी, केन्द्रिय अध्यक्ष एनआरएनए


एनआरएनएका वर्तमान केन्द्रिय अध्यक्ष तथा आसन्न ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. बद्री केसी भोट माग्ने सिलसिलामा रसियादेखि कुवेत पुगेका छन् भने कुवेतमा उनको भव्य स्वागत गरिएको छ । कुवेतमा उनको सम्मानमा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा. केसीले आफु सदा आप्रवासी नेपालीहरूको हक हितको पक्षमा लडिरहने बताउँदै एनआरएनएमा राजनीति दल हावी नभएर राजनीतिक दलमा एनआरएनएको हावी हुनुपर्ने बताउँदै विश्वभर रहनुभएका नेपालीहरुको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कुवेतमा प्रवासी श्रमिकको हकहितको लागि सरकारसंग समन्वय गरि निति बनाउन मुख्य भुमिका खेल्ने र एनआरएनएको कार्यलयमा आफ्नो फोटो टास्ने रहर मात्रै नभएर केही काम गर्ने सपना रहेको भन्दै तिनै बाँकी सपना पुरा गर्नका लागि पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले कुवेतका श्रमिकको हितमा कार्य गर्नको लागि एनसीसी कुवेतको राहत कोषमा ५ लाख जम्मा गरिदिने प्रतिवद्धता जनाउँदै असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा आएर तथा अनलाइनबाट अाफुलाइ भोट दिन अनुरोध गरे ।

एनआरएनएको ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा विश्वव्यापी दोडाहामा रहेका यसको केन्द्रिय नेतृत्व कुवेतमा पनि अाएका हुन। एक पछि अर्को गर्दै एनअारएनएको अध्यक्ष पदका प्रत्यासी कुवेत छिरेका हुन् ।

एनआरएनए एनसीसी कुवेतको आयोजनामा होटल कोस्टा डेल सोल (साब)मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनएका अध्यक्ष रनध्वज लामाको अध्यक्षता,बरिस्ठ उपाध्यक्ष दिल कुमार पाख्रीनको स्वागत र महासचिव मनिस केसीले संचालन गरेका थिए। कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनिधी बुद्धिजिवी पत्रकार लगायतले कुवेतमा श्रमिकहरु समस्याको बारेमा आ आफ्नो भनाइ राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...