Monday 17th August 2026

कुवेतमा १४३ अपराधी पक्राउ


कानून उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गर्ने क्रममा थप १ सय ४३ जना आप्रवासीलाई आवास तथा कार्य ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीले कुवेतका विभिन्न क्षेत्रमा सञ्चालन गर्ने दुई नक्कली हाउसमेड्स अफिसहरू समेत पत्ता लगाएका छन । पक्राउ परेकामध्ये १० जना विदेशीलाई भीख माग्ने गरेकोमा पक्राउ परेका हुन । कुवेतमा भिख माग्न कानूनी रुपमा नै बर्जित छ । यसरी नै ७ जना अवैध सडक बिक्रेता हुन । सडक किनारामा कुनै पनि फुटपात पसल चलाउन पाईन्दैन र ६ जनालाई लाइसेन्सविना रेस्टुरेन्ट सञ्चालन गरेको अभियोग लगाइएको छ । यसबाहेक, चिकित्सा पेशा गर्दै आएका एक व्यक्तिले आवश्यक लाइसेन्स बिना नै औषधिको परिमाण सहित पक्राउ परेका छन ।

छुट्टाछुट्टै कारबाहीमा २ जना विदेशीले अवैध रुपमा स्थानीय मदिरा उत्पादन गर्ने कारखाना सञ्चालन गर्दै आएका र उनीहरुको साथबाट २५ बोतल स्वदेशी मदिरा बरामद भएको पाइएको छ । यसबाहेक मेडिकल क्लिनिकमा गैरकानूनी रूपमा बसोबास गरेको आरोपमा ३ जना आप्रवासी पक्राउ परेका छन् । अनुसन्धानका क्रममा इजाजत नभएका औषधिहरू, भण्डारण र सामान्य सरसफाइका लागि तोकिएको सर्तहरू पूरा गर्न असफल भएका पसलहरू फेला परेका थिए। कुवेतमा चेक जाँचका क्रममा होटल, रेष्टुरेन्ट वा अन्य प्रकारका व्यपार व्यवशाय सञ्चालन गर्दा आवश्यक स्तरको सरसफाई भएको नपाईएमा पनि कारबाही भोग्न पर्ने हुन्छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...