Saturday 8th February 2025

घरेलु कामदारका लागि कुवेतीको रोजाई फिलिपिनो


कुवेत र फिलिपिन्स बीच सम्बन्ध चिसिएको छ । तर एक कुवेती युवा ले आफ्नो घरेलु नोकरानीलाई मारेर मरुभूमिको नजिक लगेर जलाएको अपराधमा निजमाथि अदालतले सजायको फैसला गरे पछि फिलिपिन्स कामदार पठाउन सकरात्मक बनेको समाचारमा जनाईएको छ ।

समाचार अनुसार फिलिपिन्स ले कुवेतसँग सो सम्बन्धमा बैठक का लागि प्रस्ताव गरेको छ । यसरी नै कुवेतले पनि फिलिपिन्स बाट घरेलु कामदार कुवेत ल्याउन ईच्छा देखाएको छ । कुवेतमा आधा भन्दा धेरै अर्थात २ लाख को हाराहारीमा घरेलु कामदार फिलिपिनाहरु छन । अहिले केही महिनायता दुवै देशको सम्बन्ध विग्रिए पछि भिषा रोकिरहेको अवस्था छ । फिलिपिन्स एम्बेसी ले भगौडा घरेलु महिला कामदारहरुका लागि खोलेको सेल्टर लाई कुवेतले गैह कानूनी रहेको र सो बन्द गर्न दिएको दवावले दुवै देशबीच खटपटिपूर्ण अवस्था निम्तिएको थियो । अन्तत उसले सेल्टर बन्द गरयो र त्यहाँ रहेका ५ सय मध्ये ३५० जनालाई तत्काल स्वदेश पठायो भने १५० मा विभिन्न मुद्धाहरु रहेका कारण पाम को सेल्टर अर्थात सरकारी सेल्टरमा स्थानान्तरण गरेको थियो ।

अहिले फिलिपिन्सको मार्कोस सरकारले कुवेतमा घरेलु कामदार पठाउने सम्बन्धमा ईच्छा जाहेर गरेको छ । तर कतिपय विषयहरु नसुल्झाए सम्म यो काम सम्भव छैन । फिलिपिन्ससँग घरेलु कामदारको सेवा र सुरक्षाका लागि नयाँ संझौता गर्ने पक्षमा फिलिपिन्स छ भने भगौडालाई दुतावासले आश्रय नदिने प्रतिबद्धता कुवेत ले खोजेको छ । संभवत दुवै देशको आवश्यकता को विषय र कुवेती नागरिकको रोजाईमा फिलिपिनो महिलाहरु पर्ने भएका ले चाडै संझौता हुने मा सम्बन्धित पक्षहरु विश्वस्त देखिएका छन ।


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...