Friday 19th December 2025

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने


एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । भारतसँग नेपालले भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे खेल्नेछ ।

समूहचरणमा मंगोलियाविरुद्ध थुप्रै विश्वकीर्तिमान तोड्ने इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो। नेपाली कप्तान रोहित पौडेलले ड्रको गोलाप्रथामा चिठ्ठा तान्दा भारत प्रतिद्वन्द्वी परेको हो ।

एसियाका ५ टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै स्वाटरफाइनल पुगेका थिए । यी टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो। नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा परेको हो ।

क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाउँदा हङकङले पाकिस्तान प्रतिद्वन्द्वी पाएको छ । यस्तै अन्य क्वाटरफाइनलमा श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्नेछन् ।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...