Sunday 27th September 2026

कुवेत आएको एक हप्ता मै मृत्यु


कुवेत-संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकाे रत्न कुमारी तामाङ घरेलु कामदारमा कुवेत आएका थिए। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्न कुमारी तमाङलाई स्वास्थ्यमा केही समस्या भएपछि  उनलाई हस्पिटल लगिएकाे थियोे।  हस्पिटलमा  उपचार गर्ने क्रममा नै मृत्यु भएको हाे।
नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरै छन । रोजगारीको लागि खाडी मुलुक नै एउटा गन्तव्य बनेको छ।  घरेलु कामदारका रुपमा कुवेत आएका१ हप्तामै उनको मृत्यु भयो। कुवेत आएपछि  एजेन्टले कुवेतीको घरमा काम गर्न पठाएको तामान दिन नै बिरामी परेपछि  रत्न कुमारी तमाङलाई  तत्काल हस्पिटल लगेको थियो। हस्पिटलमा उपचार हुदा हुदा उनको मृत्यु भएको थियो।   घरेलु कामदारमा कुवेत आउन बन्द भएपनि विभिन्न माध्यमबाट कुवेत आउने क्रम भने जारी नै छ। मृतक तामाङको शव आजै राति कुवेतबाट नेपाल पठाइँदै छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...