Friday 24th October 2025

बलात्कार र हत्यामा संलघन १६ बर्षका किशोर लाई जेल सजाय


फिलिपिनी कामदारको बलात्कार र हत्या गरेको आरोपमा १६ वर्षीय कुवेती किशोरलाई जेल सजाय गरिएको समाचार प्रकाशमा आएको छ तर ती किशोर लाई कति बर्ष को जेल सजाय दिईयो भन्ने उल्लेख गरिएको छैन ।

फिलिपिन्स कामदार जुलेबी रनारा लाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक १६ वर्षीय कुवेती किशोरलाई फौजदारी अदालतले कैद सजाय सुनाएको घटना बर अल(सलमीमा भएको थियो, जहाँ पीडितलाई गर्भवती भएपछि अपराधीले प्रलोभनमा पारेर धेरै टाढा लगेर मारेको थियो ।

आन्तरिक मन्त्रालयले जनवरी २१ मा बार अल(सलमी रोडमा एक अज्ञात, महिलाको जलेको शव फेला परे पछि शुरु भएको अनुसन्धान ले अन्तत ती युवक पक्राउ परेका थिए । परीक्षण र प्रमाण सङ्कलनपछि पीडित महिला ३० वर्षकी महिला भएको पुष्टि भएको थियो । थप अनुसन्धानले पत्ता लगायो कि पीडित फिलिपिनो नागरिक थिईन । सम्बन्धित घर धनिले प्रहरीमा उनी हराएको रिपोर्ट गरिएको थियो। एक फोरेन्सिक परीक्षणले पुष्टि गर्यो कि उनी गर्भवती थिइन र बलात्कार, हिंसा र अन्ततः हत्याको शिकार भईन ।

पीडित महिलाको अवैध गर्भमा रहेको मा उसले आफ्नो संलग्नता लुकाउन अपराध गरेको स्वीकार गरेका थियो ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

प्रतिकृयाहरू
...