Sunday 4th October 2026

भगौडा कामदारलाई खोजी खोजी पक्रदै कुवेत पुलिस


कुवेतमा भगौडा कामदारहरुलाई कुवेत पुलिसले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ । हिजै मात्र यस्ता १६ जना भगौडा कामदारलाई समातेको हो । त्यसमा पनि भिषा नम्बर २० माथि प्रहरीको खोजी तिब्र छ । उनीहरु घरबाट भागे वा भगाईए पछि व्युटि पार्लर, घुम्ती बेश्यालय, रेष्टुरेन्ट र अन्य स्पोन्सरको घरमा काम गरेको पाईने गरेको बताईन्छ ।

त्यसरी एउटा स्पोन्सर बाट अर्को स्पोन्सरको मा काम गरेको पाईएमा काम दिने ले समेत दण्ड जरिमाना र आवश्यक कारबाही भोग्न पर्ने चेतावनी दिईएको छ । यसैगरी हिजै मात्र विभिन्न देशका १६ जना प्रवासीहरुलाई मदिरा, ड्रक्स र अन्य लागु औषध कारोबारमा पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेहरुबाट दुई थान हतियार र गोला बारुद समेत बरामद भएको छ । उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि चलान गरेको समाचारमा उल्लेख छ । मदिरा बेच्ने गु्रपहरु मा थप २३ जना समेत महावुल्ला, साल्मिया, जीलिप, फाहाहील र खैतान क्षेत्रबाट पक्राउ परेका छन । उनीहरु सवैलाई कानूनी कारबाही अघि बढाउने प्रहरी ले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...