Friday 24th October 2025

भगौडा कामदारलाई खोजी खोजी पक्रदै कुवेत पुलिस


कुवेतमा भगौडा कामदारहरुलाई कुवेत पुलिसले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ । हिजै मात्र यस्ता १६ जना भगौडा कामदारलाई समातेको हो । त्यसमा पनि भिषा नम्बर २० माथि प्रहरीको खोजी तिब्र छ । उनीहरु घरबाट भागे वा भगाईए पछि व्युटि पार्लर, घुम्ती बेश्यालय, रेष्टुरेन्ट र अन्य स्पोन्सरको घरमा काम गरेको पाईने गरेको बताईन्छ ।

त्यसरी एउटा स्पोन्सर बाट अर्को स्पोन्सरको मा काम गरेको पाईएमा काम दिने ले समेत दण्ड जरिमाना र आवश्यक कारबाही भोग्न पर्ने चेतावनी दिईएको छ । यसैगरी हिजै मात्र विभिन्न देशका १६ जना प्रवासीहरुलाई मदिरा, ड्रक्स र अन्य लागु औषध कारोबारमा पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेहरुबाट दुई थान हतियार र गोला बारुद समेत बरामद भएको छ । उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि चलान गरेको समाचारमा उल्लेख छ । मदिरा बेच्ने गु्रपहरु मा थप २३ जना समेत महावुल्ला, साल्मिया, जीलिप, फाहाहील र खैतान क्षेत्रबाट पक्राउ परेका छन । उनीहरु सवैलाई कानूनी कारबाही अघि बढाउने प्रहरी ले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

प्रतिकृयाहरू
...