Monday 12th May 2025

तिन महिनामा ७०० फिलिपिना कामदार डिर्पोट भए


तिन महिनाको अवधिमा सात सय फिलिपिनो कामदारहरु कुवेतबाट डिर्पोट भएका छन । उनीहरु लाई डिर्पोट का लागि लाग्ने जहाज शुल्क आफै व्यहोर्न लगाईएको हो । कुवेतमा स्पोन्सर को घरमा तोकिएको अवधी अगावै भाग्नेहरुका लागि टिकट स्पोन्सर दिन बाध्य हुने छैन ।

सुरक्षा स्रोतहरूले विशेष गरी तिनीहरूको देशको दूतावासद्धारा खोलिएको आश्रय घर अर्थात सेल्टर बन्द भएपछि, भाग्न प्रयास गर्ने फिलिपिनो कामदारहरूको संख्यामा उल्लेखनीय गिरावट आएको बताएका छन । पहिले, धेरै कामदारहरूले गैरकानूनी माध्यमहरूको सहारा लिएका थिए जसले होस्ट देशको कानूनको उल्लङ्घन गर्ने गर्दथ्यो ।

दूतावासको आश्रयमा शरण लिएका ५०० फिलिपिनो कामदारलाई पक्राउ गरेपछि उनीहरूलाई डिर्पोट गरिएको थियो । विभिन्न कारणले यात्रा प्रतिबन्ध मा परेका करिब १३० जनालाई भने प्रहरी हिरासतमा राखिएको थियो । स्पोन्सरको घरबाट चोरी गरेका तथा आर्थिक मुद्दाहरू जस्ता उजुरीहरूसँग सम्बन्धित थिए।

तीन महिनाको अवधिमा, फिलिपिनो समुदायका लगभग ७०० सदस्यहरूलाई देश निकाला गरिएको छ र स्पोन्सरहरुले टिकट दिएका थिएनन । फिलिपिन्सका लागि प्रति टिकट को मूल्य २५० देखि ३५० दिनार बीच मा रहने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...