Wednesday 24th September 2025

खस्नै नहुने र जुध्न नै नपर्ने ठाउँमा दुर्घटना -ट्रक लाई कोशिले बगायो


सप्तकोशी नदीको पुलबाट ट्रक पानीमा खसेर बेपत्ता भएको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान ट्रक र बस आपसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो । यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोसी नदीमा खसेको हो । प्रहरीका अनुसार पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको अनुमान गरिएको छ ।

दुर्घटनामा कसैको ज्यान गएको छैन तर ट्रक चालक भने घाईते भएका छन । चालक सहित ट्रकमा ३ जना सवार थिए । तीनै जनाको प्रहरीले उद्धार गरेको हो । अन्य दुई जनाको अवस्था सामान्य रहेको बताईन्छ । तराईमा पर्ने उक्त पुलमा सधै ट्राफिक र जनपथ प्रहरी तैनाथ रहने गर्दछन । सवै सवारीहरको सामान्य चेक जाँच हुने गर्दछ । सवारीको गति एकदमै सामान्य हुन्छ । यस्तो अवस्थामा दुर्घटना हुनु गम्भिर लापर्वाही हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...