Thursday 20th August 2026

खस्नै नहुने र जुध्न नै नपर्ने ठाउँमा दुर्घटना -ट्रक लाई कोशिले बगायो


सप्तकोशी नदीको पुलबाट ट्रक पानीमा खसेर बेपत्ता भएको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान ट्रक र बस आपसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो । यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोसी नदीमा खसेको हो । प्रहरीका अनुसार पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको अनुमान गरिएको छ ।

दुर्घटनामा कसैको ज्यान गएको छैन तर ट्रक चालक भने घाईते भएका छन । चालक सहित ट्रकमा ३ जना सवार थिए । तीनै जनाको प्रहरीले उद्धार गरेको हो । अन्य दुई जनाको अवस्था सामान्य रहेको बताईन्छ । तराईमा पर्ने उक्त पुलमा सधै ट्राफिक र जनपथ प्रहरी तैनाथ रहने गर्दछन । सवै सवारीहरको सामान्य चेक जाँच हुने गर्दछ । सवारीको गति एकदमै सामान्य हुन्छ । यस्तो अवस्थामा दुर्घटना हुनु गम्भिर लापर्वाही हो ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...