Wednesday 4th March 2026

माधव नेपाल लाई पक्राउ कस्ले गर्ने ?


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्नेहरूमाथि छानबिन गरिनुपर्ने बताएका छन् तर उक्त प्रकरणका मुख्य अभियुक्त उनै हुन । उनकै मन्त्रीमण्डलले निर्णय नगरेको भए घट्नाको स्वरुप अर्कै हुने थियो ।

पाल्पा भएको एक पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए पनि र उनको नाम पटक पटक आउदा समेत उनी माथि सोधपुछ र छानविन भएको छैन । सरकारको संन्तुलनका लागि मुख्य कडीका रुपमा रहेको उनको दललाई यो सरकार रहे सम्म सोधपुछ नहुने भएकाले उनले आफै छानविनको आवाजमा आवाज मिसाउदै आएका छन । गठबन्धनको तागत का कारण उनलाई आफू विरुद्ध छानविन नहुनेमा पक्कापक्की भएकै कारण त्यसरी बोल्ने हिम्मत गरिरहेको बताईन्छ ।

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनको भनाइ छ ।

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै नेपालले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...