Friday 25th September 2026

मलेशियामा नेपाली-नेपाली बिच झगडा हुँदा १ जना गम्भिर घाइते, ६ जना पक्राउ


तितोपाटी – मलेशियाको पेनाङ राज्य स्थित केडामा रहेको एक कम्पनीमा कार्यरत नेपाली बिच मदिरा सेवन गरि हानाहान हुँदा ६ जना लाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।आइतबार राती कम्पनी होस्टेलमा मदिरा सेवन गरि एकआपसमा हानाहान गर्दा एक जना नेपाली गम्भीर घाइते भएको र घाइतेको हाल पेनाङ स्थित सरकारी अस्पतालमा उपचार भैरहेको द स्टार अन्लाईन खबरमा उल्लेख छ।

करिब ४५ जना नेपाली बस्ने उक्त कम्पनी होस्टेलमा मदिरा सेवन गरिरहेका बेला सामन्य विवाद भएको र त्यही विवाद लाई लिएर एक आपसमा हानाहान गर्दा एक जनाको टाउकोमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

पक्राउ परेका नेपाली कुन कुन ठाउँका हुन भन्ने नखुले पनि १८ देखि ४० बर्ष सम्मका रहेका र उनीहरुलाई हातहतियार प्रयोग गरि ज्यानलिने उधोगको मुद्दा दर्ता गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...