Thursday 23rd July 2026

पेरुको चिहानमा हातले अनुहार छोपेको रहस्यमयी महिला फेला


२०२१ मा, एक महिला पूर्ण रूपमा डोरीले बाँधिएको र आफ्नो हातले आफ्नो अनुहार छोपेको अवस्थामा पेरुमा एक भूमिगत चिहानमा फेला परेको छ। सान मार्कोसको नेशनल युनिभर्सिटीका पुरातत्वविद्हरूले काजामारक्विलामा महिलाको अस्थिपञ्जर राम्रो अवस्थामा भेट्टाएका थिए । तटीय शहर र राजधानी लिमा, पेरुबाट उक्त चिहान फेला परेको ठाउँ १५।५ माईल भित्री पर्दछ ।

यी महिला ८०० देखि १२०० वर्ष पुरानो भएको अनुमान गरिएको छ। डोरीले बाँधिएको र भ्रूणको स्थितिमा उनको आकर्षक पोज पहिलो नजरमा झस्काउने देखिन्छ, अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि यो दक्षिणी पेरुको अन्त्येष्टि गर्ने चलन हो। चिहानमा सिरेमिक, तरकारीका अवशेषहरू र ढुङ्गाका औजारहरू पनि थिए।
स्रोत न्यूयोर्क पोस्ट वेबसाइट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...