Wednesday 9th September 2026

के विस्फोट पछि टाइटन पनडुब्बी दुई टुक्रा भयो ?


अमेरिकी नौसेनाले पनडुब्बी टाइटनले सतहसँग सम्पर्क गुमाएको केही समयपछि विस्फोटसँग सम्बन्धित ध्वनि पत्ता लगाएको बताएको छ।

अमेरिकी नौसेनाले यो जानकारी पनडुब्बी खोजी अभियानमा संलग्न अमेरिकी कोस्ट गार्डलाई दिए पछि त्यसैका आधारमा तटरक्षकले पनडुब्बीको सही स्थान थाहा पाउन खोजी कार्यको दायरा सीमित गरेको थियो ।

यसअघि पनडुब्बी भित्रबाट ठोक्किएको आवाज आएको थियो । तर पछि थाहा भयो कि यो आवाज त्यहाँ उपस्थित अन्य जहाजहरु बाट आइरहेको थियो। खोजी अभियानमा जुटेको टाइटनको भग्नावशेष फेला परेपछि टाइटनसँग यो दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउने प्रयास हुनेछ । खोजी अभियानमा रहेका मानिसहरूले त्यसमा भयानक विस्फोट भएको बताएका छन् । भग्नावशेष दुई भागमा फेला परेकाले विस्फोट भएको हुनसक्ने बताइएको छ । एउटा यसको पछाडिको भग्नावशेष थियो र अर्को अवतरण फ्रेमको थियो। जसका कारण टाइटन दुई भागमा टुक्रिएको आशंका गरिएको छ ।

बेलायतको रोयल नेवीका पूर्व पनडुब्बी कप्तान रायन रामसे भन्छन् कि टाइटनलाई के भयो भनेर अब पत्ता लगाइनेछ। के यो दुर्घटना रोक्न सकिन्थ्यो ?छानबिन टोलीले अब टाइटनका सबै भग्नावशेष संकलन गर्ने प्रयास गर्नेछ ताकि वास्तविकता थाहा पाउन सकियोस् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...