Saturday 24th January 2026

के विस्फोट पछि टाइटन पनडुब्बी दुई टुक्रा भयो ?


अमेरिकी नौसेनाले पनडुब्बी टाइटनले सतहसँग सम्पर्क गुमाएको केही समयपछि विस्फोटसँग सम्बन्धित ध्वनि पत्ता लगाएको बताएको छ।

अमेरिकी नौसेनाले यो जानकारी पनडुब्बी खोजी अभियानमा संलग्न अमेरिकी कोस्ट गार्डलाई दिए पछि त्यसैका आधारमा तटरक्षकले पनडुब्बीको सही स्थान थाहा पाउन खोजी कार्यको दायरा सीमित गरेको थियो ।

यसअघि पनडुब्बी भित्रबाट ठोक्किएको आवाज आएको थियो । तर पछि थाहा भयो कि यो आवाज त्यहाँ उपस्थित अन्य जहाजहरु बाट आइरहेको थियो। खोजी अभियानमा जुटेको टाइटनको भग्नावशेष फेला परेपछि टाइटनसँग यो दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउने प्रयास हुनेछ । खोजी अभियानमा रहेका मानिसहरूले त्यसमा भयानक विस्फोट भएको बताएका छन् । भग्नावशेष दुई भागमा फेला परेकाले विस्फोट भएको हुनसक्ने बताइएको छ । एउटा यसको पछाडिको भग्नावशेष थियो र अर्को अवतरण फ्रेमको थियो। जसका कारण टाइटन दुई भागमा टुक्रिएको आशंका गरिएको छ ।

बेलायतको रोयल नेवीका पूर्व पनडुब्बी कप्तान रायन रामसे भन्छन् कि टाइटनलाई के भयो भनेर अब पत्ता लगाइनेछ। के यो दुर्घटना रोक्न सकिन्थ्यो ?छानबिन टोलीले अब टाइटनका सबै भग्नावशेष संकलन गर्ने प्रयास गर्नेछ ताकि वास्तविकता थाहा पाउन सकियोस् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...