Thursday 1st January 2026

गुण्डाराज को नमुना नेपाल बन्दै


आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ।

उनीविरुद्ध दायर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको पेसी असार ५ गतेलाई थियो। सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेको थियो।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...