Monday 5th October 2026

कुवेतमा ठुलो परिणाम मा लागु पदार्थ सहित सात जना पक्राउ


लागूऔषध नियन्त्रण महाशाखाले आपराधिक सुरक्षा निकायको रेखदेखमा गरेको महत्वपूर्ण कारवाहीमा करिब १३ हजार ५ सय किलोग्राम विभिन्न लागुऔषधसहित सात जना अभियुक्तलाई पक्राउ गरेको हो । साथै, उनीहरुले साइकोट्रोपिक पदार्थका २ हजार ५ सय ट्याब्लेट र दुई थान बन्दुक बरामद गरेका छन् ।

सोधपुछका क्रममा अभियुक्तहरूले बरामद सामान बेचबिखन तथा दुरुपयोग गर्ने उद्देश्यले राखेको स्वीकार गरेका छन् । तसर्थ, दुबै व्यक्ति र बरामद सामानहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

मन्त्रालयले सबैलाई सुरक्षा निकायसँग सहकार्य गर्न र कुनै पनि शंकास्पद गतिविधि वा नकारात्मक घटना देखिएमा ११२ आपत्कालीन हटलाइन वा १८८४१४१ मा लागुऔषध नियन्त्रण सामान्य प्रशासनमा सम्पर्क गरी जानकारी दिन आग्रह गरेको छ ।

यसरी नै हिजोको खोजतलासमा कुवेत शहर, आपराधिक सुरक्षा क्षेत्रको सार्वजनिक नैतिकता संरक्षण विभागको लगनशील निगरानी र निरन्तर प्रयास स्वरूप, सार्वजनिक नैतिकता विपरित गतिविधिहरू प्रवर्द्धन गर्ने अभियोगमा विभिन्न राष्ट्रियताका कुल १० जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ। यी गिरफ्तारहरू महबुला, हवाल्ली र अबु हलिफाका क्षेत्रहरूमा भएका थिए ।

यसरी नै एक अर्को घटनामा आवासिय कानूनको उलंघन गरेको आरोपमा २२ जना पक्राउ परेका छन । गृह मन्त्रालयले सफल कारवाही गर्दै आवास तथा श्रम कानून उल्लङ्घन गर्ने २२ जना लाई फरवानिया क्षेत्रबाट पक्राउ गरेको हो ।


सम्बन्धित शीर्षकहरु

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको…

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२…

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

प्रतिकृयाहरू
...