तोयानाथ दाहाल, उपेक्षित, मई महिनाको १ तारिक कोलम्बियाको एक जहाज अमेजनको जंगलमा दुर्घटना भएको ४० दिन पछि हराईरहेका ४ जना बच्चालाई जिवित नै भेटियो । यो खबरले सवैको चासो र उत्सुकता बढायो । एकाएक उक्त समाचार संसारभर सनसनी रुपमा फैलायो । अचम्म त के थियो भने ती ४ मध्ये सानो बच्चा को उमेर मात्र ११ महिना थियो । ती सवै एकै परिवारका बच्चाहरु थिए ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार अमेजनमा जङ्गलका बच्चाहरू तिनीहरुकी आमा को मृत्यु भए पछि दुर्घटनाग्रस्त जहाजलाई छाडेर जंगल भित्र अज्ञात रुपमा हिडेका थिए । अमेजन घनाजंगल भएको संसारकै ठुलो जंगलमा पर्दछ । राष्ट्रपति ले बच्चाहरु फेला परेपछि हर्षित र आश्र्चय को भावमा भनेका थिए उनीहरु जंगलका सन्तान हुन कोलम्वियाका सन्तान हुन ।
अमेजन जङ्गलमा ४० दिनपछि उद्धार गरिएका चार सन्तानकी आमा आफ्नो विमान दुर्घटनापछि चार दिनसम्म जीवित थिइन् । म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई दुर्घटनाग्रस्त जहाजलाई छोडेर मद्दत खोज्न बाहिर जान भनेकी थिईन । उनलाई आफू मर्ने कुरा थाहा थियो । उनकी ठुली छोरीका अनुसार उनी ४ दिन सम्म जीवीत नै थिईन । आमा मरे पछि उनीहरु जहाजको भग्नावशेषबाट बाहिर निस्केका थिए ।
जेठी छोरी १३ बर्षकी थिईन र उनका तीन जना भाईहरुको उमेर क्रमस नौ, पाँच र एक वर्ष थियो । जेठी छोरी सेस्लीले काखे बालक सहितका भाईहरुलाई जंगलमा लिएर ४० दिनसम्म सवैलाई कसरी बचाईन भनेर दुनिया छक्क परेको छ । मुख्य कुरा त त्यतिका दिन सम्म उनीहरु किरा, सर्प र जंगली जनवारहरुबाट सुरक्षित रहन सक्नुलाई एक हिसावले चमत्कारको रुपमा हेरिएको छ । जब उद्धारकर्ताले उनीहरुलाई फेला पारे त्यसबेला जेठी छोरी सेस्लीले एक बर्षे भाईलाई काखमा बोकेर उद्धारकर्ता सामु आईन र आफू भोको रहेको भन्दै खाने कुरा मागेकी थिईन । अर्को भाईले आफूलाई रोटी र सासेज दिन भनेका थिए ।
सुश्री मुकुटुई र उनका छोराछोरीहरू सेस्ना २०६ विमानमा अमेजोनास प्रान्तको अराराकुराबाट सान जोसे डेल ग्वाभियरको लागि मे १ मा यात्रा गर्दै थिए, जब जहाजले इन्जिन फेलको कारण मेडे अलर्ट जारी गरेको थियो । त्यसको केही समयपछि जहाज रार्डरको सम्पर्कबाट विच्छेद भयो । विशाल जंगलको विचमा दुर्घटनाग्रस्त जहाज दुई साता पछि अर्थात मई १६ मा फेला परर्यो । उक्त जहाजको भग्नावशेषबाट दुई जना पाईलट र ति बच्चाको आमा मृत अवस्थामा फेला परे तर बच्चाहरु भने जहाजमा र दुर्घटनास्थलमा कतै फेला परेनन ।
तिनीहरू जीवित छन् भन्ने महसुस गर्दै, कोलम्बियाको सेनाले खोजी कार्यलाई बढायो र कुकुरहरूसहित १५० जना सिपाहीहरूलाई उक्त क्षेत्रमा लगायो । खोजी जमिन र आकाश दुवै तिरबाट शुरु गरियो । घना जंगलमाथि पुतपुताउने धुवाँ जस्तो कुईरो र रुखहरुका बाक्ला पातहरूले दृष्यलाई कमजोर बनाउदा खोजी कार्य कठिन भएको थियो । त्यसका लागि स्थानिय दर्जनौं आदिवासी स्वयंसेवकहरू पनि खोजीमा जुटेका थिए ।
आदिवासी नेता लुचो अकोस्टाले भनेका थिए, सबैभन्दा कान्छो बच्चाको रोएको आवाज सुनेपछि अधिकारीहरूले बच्चाहरूलाई पत्ता लगाउन सफल भए। अकोस्टा कोलम्बियाई अमेजन क्षेत्रका आदिवासी स्काउट्सका संयोजक हुन् जसले खोजीमा सहयोग गरेका थिए।
उनीहरू धेरै कमजोर थिए, हामीले सबैभन्दा कान्छोको रोएको आवाज सुनेर तिनीहरूलाई भेट्टाउन सक्यौ, तर तिनीहरू साँच्चै थाकेका थिए र धेरै कमजोर भईसकेका थिए । तिनका शरिरमा किराहरुले टोकेका डामहरु प्रसस्तै थिए । सवै भन्दा ठुली सेस्लीले आफ्ना तिन जना भाईहरुलाई एउटा घनघोर जंगलमा जसरी साहसका साथ ४० दिनसम्म बचाएर राख्न सफल भईन यस कुराले संसारलाई स्तव्ध बनाएको छ । उपरवालाको देन भन्न पर्दछ तीनीहरुका रात र दिनहरु जति कष्टकर भए पनि जस्तो ठाउँमा उनीहरुले दिन र रात कटाए पनि धन्य हिंस्रक जंगली जनवारहरुले भेटाएनन वा केही गरेनन । उनीहरुसँगै दुर्घटनाबाट बाँचेको कुकुर पनि थियो तर त्यो केही दिन पछि कता हरायो भन्ने उनीहरुले पनि पत्तो पाएका थिनन ।
आफ्नी आमा मरेपछि भएको सारा पिडाहरुलाइ आफै भित्र दवाएर साना भाईहरुलाई अभिभावकत्व दिदै सेस्लीले जुन काम गरिन त्यो तारिफले पुग्ने कार्य होईन । दुर्घटनाग्रस्त जहाजबाट निस्केर जंगल पसेपछि उनीहरु त्यतिका दिनसम्म बाँच्नुका पछाडी फलफूलको सिजन पनि एउटा महत्वपूर्ण फयाक्टर बनेको छ । सेस्लीले आफ्नी आमाबाट आदीवासीहरुले जंगलमा जीवन कसरी निर्वाह गर्दछन भन्ने कुरा सुनेको कारणले पनि उनलाई ज्यान बचाउन सहज भएको बताईन्छ । उनले जे कथाहरु सुनेकी थिईन त्यही अनुसार जंगलमा खानेकुराको खोजी गरिन र पाएका फलफूल र कन्दमुल भाईहरुलाई पनि खुवाएर बचाईन । जब ती नानीहरु फेला परे त्यसको दुरी दुर्घटनाग्रस्त विमानबाट ३ घण्टाको दुरीमा हिडदै थिए । यो खासै लामो दुरी नभए पनि जंगलमा यतिको दुरी पार गर्न काफी समय लाग्ने गर्दछ ।
श्रोत विभिन्न अन्तराष्ट्रिय न्युज एजेन्सीहरुमा प्रकाशित समाचारहरुबाट सम्पादित