Monday 22nd June 2026

विदेशीहरूका लागि खाडी देशहरु मध्ये कुवेत सबैभन्दा सस्तो


कुवेत सिटी, जुन, कुवेत सिटी ले संसारको १३१ औं नम्बरको सस्तो शहर र २२६ अन्तर्राष्ट्रिय शहरहरू मध्ये खाडी क्षेत्रको ८ औं सबैभन्दा सस्तो सहरको रूपमा आफ्नो स्थान कायम राखेको छ,

२०२३ मा प्रवासीहरुले गर्ने खर्च मर्सर सूचकांक अनुसार कुवेतलाई खाडीको सबैभन्दा सस्तो सहर भएको देखाएको छ । दोहा खाडी राष्ट्रहरुमा छैठौं स्थानमा र विश्वव्यापी रूपमा १२६ औं स्थानमा पुगेको छ।

मर्सर सूचकांकले विश्वभरका विभिन्न शहरहरूमा प्रवासीहरूको लागि जीवनको लागत के कस्तो छ भनेर गणना गर्दछ, खाना, आवास र उपयोगिता का सामानहरू, घरेलु आपूर्ति, कपडा , जुत्ता, यातायात, स्वास्थ्य सेवा, तथा मनोरञ्जनका गतिविधिहरू जस्ता २०० भन्दा बढी वस्तुहरू र सेवाहरूलाई अध्यायन गर्दै उक्त सूचांक तयार पारिएको हो, मुद्राको उतारचढाव, जीवनयापनको लागत, मुद्रास्फीति, र मूल्य अस्थिरता सहित विदेशी कर्मचारीहरूको लागि रोजगार प्रस्तावको लागतलाई प्रभाव पार्ने मुख्य कारकहरूलाई पनि सूचकांकले लिएको हुन्छ।

खाडी क्षेत्र भित्र, दुबई, अबुधाबी, रियाद, मनामा र जेद्दा यस वर्ष प्रवासीहरूका लागि सबैभन्दा महँगो सहरको वरियतामा उक्लिएका छन्। दुबई खाडी का देशहरुका शहरहरू मध्ये महंगाईका हिसावले शीर्ष स्थान मा छ । विश्वव्यापी रूपमा १८ औं स्थानमा र २०२२ बाट १३ स्थान माथि चढेको छ। अबुधाबीले पनि महत्त्वपूर्ण प्रगति गरेको छ, २०२२ मा ६१ औं स्थानको तुलनामा १८ स्थान उक्लिएर ४३ औं स्थानमा, अर्थात खाडीमा दोस्रो स्थान प्राप्त गरेको छ।

रियादले मर्सरू सूचकांकमा उल्लेखनीय फड्को मारेको छ, २०२२ मा 103 औं बाट 18 औं स्थानमा उक्लँदै विश्वव्यापी रूपमा 85 औं स्थानमा उक्लिएको छ र खाडीमा तेस्रो स्थानमा छ। यसैबीच, मनामा खाडीमा चौथो स्थानमा छ, २०२२ को ११७ औं बाट यस वर्ष ९८ औँ मा १९ स्थान उछिन्दै।

विश्वव्यापी स्तरमा, हङकङ, सिङ्गापुर र ज्युरिच विदेशी कामदारहरूका लागि विश्वको सबैभन्दा महँगो सहरको रूपमा रहेका छन । जसमा जेनेभा चौथो स्थानमा र बासेल पाँचौं स्थानमा छ। न्यूयोर्क र बर्न क्रमशः छैटौं र सातौं स्थान पर्दछन ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...