Friday 20th February 2026

युवा विदेश पस्नुको कारण शिक्षा प्रणाली


कुशल पाैडेल – वर्तमान अबस्थामा जनताको राज्य प्रतिको असन्तुष्टि हेर्दा अबको केही वर्ष पछि नेपाली अस्तित्व खोज्न नेपाल बाहिर जानूपर्ने अवस्था न आउला भन्न सकिँदैन । भर्खर कक्षा १२ को परीक्षा पनि सकियो अब के गर्ने त ? १००० मध्य ९९९को जवाफ विदेश जाने । आखिर किन यस्तो असन्तुष्टि ? दोषी को त ?

अहिलेको नेपालको सन्दर्भ हेर्ने हो भने अशिक्षित भन्दा पुर्णरुपले शिक्षित बर्गहरु विदेशीने क्रम जारी नै छ। राष्ट्र निर्माणको बलियो आधार तथा राज्य निर्माणको जग मानिने युवाहरु विदेशिने दर जारी नै छ । सरकारी तथ्यांक अनुसार नेपालको जनसंख्याको २५% जनशक्ति मात्र आर्थिक श्रम गर्न सक्षम छन जसमध्ये ५% ले मात्र श्रम बजारको औपचारिक क्षेत्रमा रोजगारी पाउने तथ्यांकले देखाउछ । बाँकी ९५% प्रतिशतको टुंगो छैन । तथ्यांक अनुसार राष्ट्रिय श्रम बजारमा स्थान नभएर युवा विदेश जान बाध्य भएका छन । अझै गैर कानुनी ढंगबाट श्रम गर्न विदेश जानेको त तथ्यांक नै छैन । यसरी ज्यान नै दाउमा लगाएर समान्य खर्च चलाउनको लागि विदेशिने नेपाली को संख्या दिनानुदिन बढ्दो छ । रोजगारी कै लागि विदेशीनेमा सबै अशिक्षित पनि छैनन शैक्षिक बेरोजगार भएर छिमेकी आफन्तको ताना सुन्नु भन्दा विदेश नै जन्छु भन्ने उदाहरण त धेरै भेट्न सकिन्छ । राज्यप्रति नागरिकको यस्तो ठूलो असन्तुष्टिको कारण शिक्षा पनि एक हो । बिगतका दिनदेखि अहिलेसम्म बेरोजगारीको समस्या नेपाल र नेपालीको प्रमुख समस्याको रुपमा रहेको छ । आखिर हाम्रत्र शिक्षा नीतिमा के खराबी छ र दिनानुदिन शिक्षितहरू विदेश भासिइरहेका छन् ? भर्खर कक्षा १२ को परीक्षा पनि सकियो अधिकांस विद्यार्थीको पहिलो रोजाइ भनेकै वदेश नै छ । राज्य भरिका सम्पुर्ण विद्यार्थीलाई प्रश्न सोध्ने हो भने धेरैको मुखबाट एउटै उत्तर आउँछ नेपालमा सम्भावना नै छैन आखिर नेपालमा केही संभावना नै नभएको हो त ? नेपालको शैक्षिक प्रणालीलाई एक पटक नियालेर हेर्ने हो भने अझै पनि पुरानै प्रणाली नै अवलम्बन गरेको अवस्था छ ।

नेपालको शिक्षा प्रणालीको अवस्था हेर्ने हो भने विद्यार्थीलाई उत्पादनमुखी शिक्षा भन्दा पनि पौराणिक घोकन्ते तथा अब्यवहारिक शिक्षा अथवा सरल रुपमा भन्नू पर्दा मार्कसिटमा नम्बर बढी ल्याउनु पर्ने शिक्षाप्रणालीको अवलम्बन भएको पाइन्छ । जस्को कारण नेपालका विश्वविद्यालय कितावी ज्ञानले भरिपुर्ण बेरोजगार उत्पादन गर्ने थलो बनेका छन । कस्तो खाल्को जनशक्ति अथवा कतिको संख्यामा त्यो बिधाको जनशक्तिको आवश्यकता छ सो कुराको अध्यान नै नगरी हचुवाको भरमा भर्ना लिनु प्रविधिक शिक्षाको नाममा अप्राविधिक शिक्षा दिनु या भन्ने हो भने उत्पादन मुखि शिक्षा दिन नसक्नु नेपालको शिक्षा प्रणालीको एकदमै ठूलो भुल हो । कति जनशक्ति नेपाल कै श्रम बजारमा चाहिएको हो कस्तो स्तरको जनशक्तिको माग कति छ सो कुराको अध्ययन, बिश्लेषण नगरी पढाउने परिपाटीले गर्दा आज लाखौँ युवा लाखौ पैसा खर्च गरेर डिग्री पास गरेर पनि बेरोजगार बस्न अथवा विदेशिन बध्य छन । अबको नयाँ पुस्ताले नेपालमा केही सम्भावना देखेर नेपालमै केही गरेको हामीले देख्न पाईदैन होला जस्तो भैसकेको छ ।

स्वाबलम्बी बन्न एकपटक विदेश जानै पर्ने रहेछ भन्ने प्रभाव नेपाली जनतामा परिसकेको छ । नेपालमा उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नु, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनु, युवा जनशक्तिलाई योग्यता अनुसारको रोजगारको सृजना गर्ने, नेपालमा भएका स्रोत–साधन एवं उत्पादनलाई बजारीकरण र नेपालमै लगानी गर्न खोज्ने बौद्धिक ब्यक्तिहरुलाइ राज्यले कानुनी हौसला प्रदान गर्न सक्यो भने चाहिँ केही हदसम्म नेपालीहरुको विदेश पलायन हुने प्रवृत्ति घट्ला नत्र अबको दस वर्षमा नेपाल नै युवा बिहिन नहोला भन्न सकिन्न ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...