Monday 14th September 2026

अमेरिका र इरान सम्झौताको ‘धेरै नजिक’, तर अझै निष्कर्षमा पुग्न बाँकी : उपराष्ट्रपति भान्स


एजेन्सि-अमेरिका र इरानबीच एउटा नयाँ सम्झौताका लागि सहमति जुटेको खबर सार्वजनिक भएको छ । प्राप्त विवरणहरूका अनुसार यस सम्झौतामा जारी युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र इरानको परमाणु कार्यक्रमको भविष्यका विषयमा वार्ता सुरु गर्ने बुँदाहरू समावेश छन् ।

तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने युद्धको विषयलाई लिएर कुनै पनि ठोस सम्झौतामा पुग्नुअघि अमेरिका र इरानले अझै कैयौँ थाती रहेका विवादित मुद्दाहरू सुल्झाउन बाँकी रहेको स्पष्ट पारेका छन् ।

यसैबीच, बीबीसी पर्सियनका अनुसार इरानको अर्ध(सरकारी समाचार एजेन्सी तस्निमले यो सम्झौताले अझै अन्तिम रूप नपाएको र यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको दाबी गरेको छ ।

के राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा हुनुहुन्छ ? भनी बीबीसीले सोधेको प्रश्नको जवाफमा उपराष्ट्रपति भान्सले दुवै पक्ष अन्तिम सम्झौतामा ‘कहिले वा कसरी’ पुग्छन् भन्नेबारे अहिले नै टिप्पणी गर्नु हतारो हुने बताए ।

यसअघि बिहीबार अमेरिकी अधिकारीहरूले बीबीसीलाई दिएको जानकारी अनुसार दुवै देशबीच सम्झौताको खाकामा सहमति भइसकेको छ । यद्यपि, यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले अन्तिम स्वीकृति दिन भने बाँकी नै छ ।
यसैबिच, अमेरिकी सेनाले इरानमाथि संवेदनशील युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब…

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार…

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

प्रतिकृयाहरू
...